International

विश्वमै पहिलोपल्ट ‘जिन एडिट’ गरी बच्चा जन्माउन सफल वैज्ञानिकलाई लगाइयो विज्ञानको नियम र मर्यादा तोडेको आरोप : ३० लाख युआन जरिवानासहित ३ वर्षको जे ल स जाय

चीन, १४ पुस । जिन सम्पादन (जिन एडिट) गरेर विश्वमै पहिलो पटक बच्चा जन्म गराउन सफल चिनियाँ वैज्ञानिकलाई ३० लाख युआन जरिवानसहित ३ वर्षको जे ल स जाय सुनाइएको छ ।

वैज्ञानिक हि जियानकुई जिन सम्पादन गरिएका तीन वटा बच्चा प्राकृतिक रुपमा जन्म गराउन सफल भएका थिए । यस कार्यको विश्वभरबाट आलोचना भएको थियो । विश्वभरका वैज्ञानिकले यस कार्य प्राकृतिक नियमभन्दा फरक भएको भन्दै वि रोध गरेका थिए ।

वैज्ञानिक हि जियानकुईले जिन एडिट गरिएका ती बच्चाहरुलाई कहिल्यै एचआइभी एड्स नलाग्ने दाबी गरेका थिए ।
उनका सहयोगी झाङ रेनिललाई दुई वर्षको जेल सजाय र १० लाख युआन जरिवाना तोकिएको छ भने किन जिनझाओलाई १८ महिना जे ल स जाय र ५ लाख युआन जरिवाना तोकिएको छ ।

चीनको अदालतले भनेको छ, ‘यी तीन वैज्ञानिकले पैसा र प्रतिष्ठाका लागि विज्ञानको नियम र मर्यादा तोडे ।’

Related Articles

Back to top button
Close