News

डान्स बारबाट युवतीसहित काँग्रेसबाट निर्वाचित मेयर पक्रा उ

महेन्द्रनगर– दार्चुलाको शैल्यशिखर नगरपालिकाका प्रमुख (मेयर) अमरसिंह धामी कञ्चनपुरको महेन्द्रनगरस्थित एक डान्स बारबाट पक्रा उ परेका छन् ।
नेपाली कांग्रेसबाट मेयरमा निर्वाचित धामी महेन्द्रनगरस्थित ब्लू डान्स बारबाट पक्रा उ परेका हुन् ।

डान्स बारमा मदिरा पिएर हो–ह ल्ला गरेपछि मेयर धामीसहित केही व्यक्तिलाई प्रहरीले पक्रा उ गरेको हो । वडा प्रहरी कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले मेयर धामीलाई पक्रा उ गरेको हो ।

वडा प्रहरी कार्यालय महेन्द्रनगर स्रोतका अनुसार डान्स बारबाट मेयर धामीसहित केही युवतीलाई समेत निय न्त्रणमा लिइएको हो । डान्स बारमा काम गर्ने केही युवतीले आफूमाथि दुव्र्य वहार भएको भन्दै प्रहरीलाई सम्पर्क गरेपछि प्रहरीको टोली डान्स बार पुगेको थियो । वडा प्रहरी कार्यालयका एक प्रहरी कर्मचारीका अनुसार प्रहरीको टोली डान्स बार पुग्दा दुवै पक्षबीच विवा द चलिरहेको थियो ।

प्रहरीको टोलीले डान्स बारमा विवा द गर्ने व्यक्तिलाई पक्रा उ गरेर केहीलाई जिल्ला प्रहरी कार्यालय र केहीलाई वडा प्रहरी कार्यालय पु¥याएको थियो । प्रहरीले नियन्त्रणमा लिएपछि धामीले आफू जनप्रतिनिधि भएको भन्दै आफूलाई तत्काल रिहा गर्न प्रहरी कर्मचारीलाई नै चेता वनी दिएका थिए ।
आइतबार राति पक्रा उ परेका धामी सोमबार बिहान नै रिहा भइसकेका जनाइएको छ ।

Related Articles

Back to top button
Close