Video

ऋचा शर्माले भनिन्, मलाई अतिथि बोलाउने अधिकार हुन्थ्यो भने ऋषि र एलिजालाइ बोलाउने थिइन (भिडियो)

नेपालको पहिलो कमेडी रियालिटी शोज ‘कमेडी च्याम्पियन’ को अहिले चलिरहेको छ। कान्तिपुर टेलिभिजनमा प्रसारण हुने यस शो निकै चर्चामा छ । जहाँ जजका रुपमा बरिष्ट हास्य कलाकार सन्तोष पन्त,मनोज गजुलेर,ऋचा शर्मा,र चलचित्र निर्देशक प्रदिप भट्टराई छन् ।

गत हप्ता मात्र टप ९ प्रतिष्पर्धीहरुले आफ्नो प्रस्तुति प्रस्तुत गरेका थिए । जहाँ अतिथिहरु रुपमा चर्चित पत्रकार ऋषि धमला र पत्नी एलिजा गौतम आएका थिए । पत्रकार ऋषि धमलाले प्रश्न सोध्ने शैली र उनले लिने अन्तर्वार्ताहरुको निकै रोचक र घोचक हुने गर्दछ । जसले गर्दा बेलाबेलामा धमला ट्रोल र विवादमा तानिने गर्छन ।

ऋषि धमाल दम्पति कमेडी च्याम्पियनमा अतिथिको रुपमा पुग्दा उनिमाथि निकै कमेडी प्र’हार भएको थियो। एक प्रतियोगी साजन श्रेष्ठले धमला दम्पतिमाथि गरेको प्रहारले एलिजा निकै आक्रोशित भएकी थिइन्। शोमा खासै प्रतिक्रिया नजनाएकि एलिजाले मिडियामा भने निकै आक्रोश व्यक्त गरेकी थिइन्। साजनको प्रस्तुतिमा ऋचा निकै रमाउदै ताली बजाएकी थिइन् । प्रतियोगीलाई दुई पटक अंकमाल नै गरेकी थिइन्।

अनेक कुरा आइरहदा ऋचाले यसको बारेमा पहिलोपटक बोलेकी छिन्। एक अन्तर्वार्ताकै क्रममा ऋचा भन्छिन्, ‘ऋषिजीको अन्तर्वार्ता कस्तो हुन्छ र उहाको ट्रोल कति बन्छ भन्ने कुरा सबैलाई थाह छ। हामी कमेडी शोमा छौ र यहा सबैमाथि प्र’हार हुन्छ । यसलाई सामान्य रुपमा लिनसक्नुपर्छ। ऋषिजिको अन्तर्वार्ताको स्वयं म पनि शि’कार भएकी छु। मलाई कोहि पनि सेलिब्रेटी गेष्ट बोलाउने अधिकार छैन। कुन एपिसोडमा को आउंछ भन्ने पनि थाह हुन्न। यदि मलाई त्यो अधिकार हुन्थ्यो भने सायद उहाहरुलाई शोमा बोलाउने थिइन् होला। साथै धमलाको तारिफ समेत गरकी छन् । धमलाले भनेका थिए मैले पनि अरुको आलोचना गर्छु भने आफ्नो पनि आलोचना गर्दा मैले सहनु पर्छ । जुन कुरा निकै सहरानिय छ । ऋचाले थपिन । साथै जो कोहि पनि अतिथिका रुपमा आउनु हुन्छ । उहाहरुले रोष्ट सहनु सक्नु पर्छ ।

Related Articles

Back to top button
Close