International

गुडिरहेको कारमा मेकअप गर्दा महिलाको आँखाभित्र छिर्यो आइब्रो पेन्सिल

थाइल्याण्डमा एक महिलाले गुडिरहेको कारमा मेकअप गर्दा भयानक दुर्घटनाको सामना गर्नुपरेको छ । मेकअप गरिरहेका बेला उनको आँखामा आइब्रो पेन्सिल छिरेको छ ।
अडिटी सेन्ट्रलका अनुसार बैंककमा २० वर्षकी महिला आफ्नो साथीको घर जानका लागि एउटा ट्याक्सीमा सवार थिइन् । तर बाटोमा अत्यधिक ट्राफिक जामका कारण ट्याक्सी बिस्तारै गुडिरहेको थियो ।

स्रोतका अनुसार ट्राफिक जाममा टाइम पास गर्नका लागि महिला मेकअप गर्न थालिन् । यसैबीच ट्याक्सी पिकअपसँग ठोक्कियो जसका कारण महिला अगाडि हुत्तिइन् जसका कारण उनका हातमा भएको आइब्रो पेन्सिल उनको बायाँ आँखाभित्र छिर्यो । उनलाई तुरुन्त अस्पताल पुर्याइयो ।

डाक्टरका अनुसार सौभाग्यवश, उक्त आइब्रो पेन्सिलले उनको आँखाको संवेदनशील अंगलाई खराब नगरेका कारण उनी केही दिनमा नै ठिक हुनेछिन् । डाक्टरले पेन्सिलको आधा भाग नै आँखाभित्र छिरेका कारण आँखाबाट रगत बगेको र नाकबाट पनि थोरै रगत निस्किएको जानकारी दिए । अहिले उनी खतरामुक्त रहेको बताइएको छ ।

अनुसन्धान भन्छ – मेक अप धेरै गर्ने महिलाको नेतृत्व क्षमतामाथि ह्रास आउछ

यदी तपाई महिला हुनहुन्छ र राजनीति, कुनै कम्पनीमा बोस या आफै केहि बन्ने चाहना छ भने आजै देखि मेकअप गर्न छोडी दिनुस् ।
एक नयाँ अध्ययनले यस्तै तथ्य बाहिर निकालेको छ । अध्ययनले भनेको छ जो महिला धेरै मेकप गर्दछन् उनीहरुमा स्मरणशक्ति कम हुन्छ । यो अनुसन्धानको निश्कर्षमा भनिएको छ की धेरै मेकपले तपाईको नेतृत्व क्षमताको धारणामा नकारात्मक प्रभाव पर्न सक्छ ।

अनुसन्धानका सहलेखक तथा अर्बेटे विश्वविद्यालयको मनोविज्ञान शाखाको वरिष्ट लेक्चर क्रिस्टोफर वाटकिन्सको अनुसार यो सोध पहिले गरिएको शोधको नतिजा विश्लेषणको लागि गरिएको हो । जसमा बताइएको थियो कि मेकप धेरै गर्ने महिलाहरुले मेकप लगाउनाले महिलाहरुको लुक्स प्रभावित हुन्छ, तर मेकपले महिलाको प्रभावमा केही अन्तर आउदैन बरु उनीहरुको नेतृत्व क्षमतामाथि भने ह्रास आउँसक्छ ।

पर्सेप्सन जर्नलमा प्रकाशित यो अनुसन्धान महिला र पुरुष दुबैको सहभागितामा गरिएको थियो । उक्त शोधको नतिजामा अधिक मेकप गर्ने महिलाहरुको क्षमतामाथि ह्रास आउने आशंका गरिएको छ ।

‘मेक अप’ले निम्त्याउँछ यस्ता रोग !

शहरीया जीवनले मानिसलाई मेक अपबाट टाढा रहँन दिँदैन । शहरी क्षेत्रमा घरबाहिर निस्किँदा, दैनिक काममा वा कलेजमा जाँदा नियमित मेक अप नगरी हिँड्ने सायदै नहोलान् ।

युवायुवती मात्र होइन, पाका महिला पनि अनुहारको मेक अपको सौखिन हुन्छन् । मेक अपप्रति अत्यधिक सोख छ भने आजैबाट साबधानी अपनाउनु तपाईंहरुका लागि उचित हुनेछ । किनकी यसले विभिन्न छाला सम्बन्धी विभिन्न रोग निम्त्याउँछ ।
मेक अपले महिलाको सौन्दर्यता निखार ल्याउँने भएपनि मेक अपका नाममा अनावश्यक रुपमा अनुहार पोत्नु भनेको ठूला ठूला रोग निम्त्याउनु हो ।

मेक अप गर्ने प्रायः युवा-युवतीले मेकअपको साईड इफेक्टबारे खासै चासो दिँदैनन् । क्षणिक रुपमा राम्री देखिनुमा नै मख्ख हुन्छन् । मेक अपले क्यान्सरलगायत स्वास्थ्य सम्बन्धी गम्भीर समस्या निम्त्यिाउने गर्छ।

आवश्यकता भन्दा बढी मेक अपले छालामा देखिने समस्याका विषयमा यहाँ चर्चा गरिएको छ ।

आई स्याडो लगायत आखामा लगाउने आई मेक अपले आईल्यास अर्थात आखाको ढकनीमा गम्भीर अशर गर्छ । मेकअपमा हुने रसायनले आँखाँको ढकनीमा रातो विमिरा पलाउनुका साथै दीर्घकालीन असर गर्छ ।

आँखाको मेक अपले आँखामा सुख्खापन ल्याउनुका साथै आँखा रातो बनाउँछ । मेक अपका कणहरुले आँखामा टियर डक्ट (आँशु निकाल्ने ग्रन्थी) सुकाइदिन्छ जसका काख आँखा सुख्खा हुन्छ ।

मेक अप धेरै भयो भने अनुहारमा अनावश्यक दाग देखिन्छ । मेक अपको रसायन नरम छालालाई छिद्रा पारि लामो समय त्यही रहन्छ । तसर्थ, राति सुत्नुअघि अनिवार्य रुपमा मेक अप राम्ररी पखाल्नु पर्छ ।

अनुहारको मेक अपले छालाको एलर्जी हुन्छ । एलर्जीले छालालाई रातो बनाउने, विमिरा उठ्ने, सुनिने र अन्तमा ज्वरो समेत आउँछ । रसायनमा नकरात्मक असर भएमा एलर्जी हुन्छ ।
मेक अपले छालाको बाहिरी पत्रलाई खुइलाईदिन्छ र छालाको क्यान्सर समेत हुने गर्छ ।

Related Articles

Back to top button
Close