News

एक वर्षसम्म नविग्रिने नयाँ प्रजातिको स्याउ !

सामान्यतया स्याउ केही दिन वा हप्तासम्म कुहिदैन । तर, हालै अमेरिकामा एक वर्षसम्म पनि नकुहिने स्याउ उत्पादन गरिएको छ । दुई दशक लगाएर विकास गरिएको र एक वर्षसम्म फ्रिजमा राख्दा पनि नबिग्रने नयाँ प्रजातिको स्याउको बिक्री आइतबारदेखि अमेरिकामा सुरु भएको छ ।

कस्मिक क्रिस्प नाम दिइएको यो स्याउको वाशिङ्टन स्टेट विश्वविद्यालयमा सन् १९९७ मा पहिलो पटक खेती गरिएको थियो । दह्रो, कुरकुरे र रसिलो यो स्याउ प्रवद्र्धन गर्न एक करोड अमेरिकी डलर खर्च लागेको बताइएको छ ।

वाशिङ्टन राज्यका कृषकहरूलाई आगामी एक दशकसम्म यो स्याउ उत्पादन गर्न अनुमति दिइएको छ । यो स्याउको गुदी अति बिस्तारै खैरो हुने र फ्रिजमा राख्दा १० देखि १२ महिनासम्म खानयोग्य हुन्छ ।

अहिलेसम्म कस्मिक क्रिस्प स्याउका एक करोड २० लाख रुख रोपिएका छन् । यसको खेतीका लागि लागु गरिएको कडा लाइसेन्स प्रणालीका कारण हाललाई यो अन्यत्र खेती गर्न सकिँदैन् । यो प्रजातिको स्याउको मूल्य प्रति गोटा करिब १० डलर तोकिएको छ ।

Related Articles

Back to top button
Close