News

उड्डयनमन्त्री योगेश भट्टराईद्वारा नेपाली बोइङ २२ करोड घाटा खाएर बेच्न अनुमति दिएपछि…… चर्को बि’रो’ध गर्दै खै’लाबैला

काठमाडौं । शुक्रबार काठमाडौंमा बसेको निगम सञ्चालक समितिको बैठकले बोइङ ७५७ गण्डकी जहाज अमेरिकन कम्पनी सिएसडिएस एयरक्राफ्ट सेल्स एण्ड लिजिङ इंकलाई बेच्ने निर्णय गरेको हो । अमेरिकन कम्पनीलाई निगमले नेपाली बोइङ ७५७ गण्डकी जहाजलाई ६५ करोड २२ लाख रुपियाँमा बिक्री गर्ने निर्णय गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पनि निगमको बोइङ ७५७ गण्डकी जहाजलाई घाटा खाएर बिक्री गर्न अनुमति दिएपछि प्रश्न उठेको छ ।

नेपालको अन्तिम बोइङ विमान ७५७ सिएसडिएसलाई बिक्री गर्ने गरेको स्रोतले जनाएको छ । पहिलाको भन्दा २२ करोड मूल्य घटाएर अमेरिकनलाई दिइएको छ । परामर्शदाता कम्पनी फिनटेक एफएएस एभिएसन सर्भिसेज कम्पनीले जहाज र ६ सयभन्दा बढी पार्टसको न्यूनतम मूल्य ८७ करोड रुपियाँमा बिक्री गर्न सकिने प्रतिवेदन दिएको थियो । निगमले २२ करोड रुपियाँ कममा अमेरिकन कम्पनीलाई बिक्री गर्ने निर्णय गरेको छ । एक सय ९० सिट क्षमताको उक्त जहाज एक अर्बमा ३१ वर्षअगाडि खरिद गरिएको थियो ।

Related Articles

Back to top button
Close