News

‘बुद्धको जम्नभुमि भ्रमण गर्न आतुर छु’ भनेकी बलिउड अभिनेत्री मल्लिका सेरावत नेपाल आइपुगिन्

काठमाडौँ। भारतीय सेलिव्रटीहरुका लागि नेपाल पर्यटकिय दृष्टिकोणले राम्रो गन्तब्य बन्न लागेको छ । पछिल्लो समय भारतीय चर्चित ब्यक्तिहरु नेपालको भ्रमणका लागि आउन थालेका छन् । नेपालले भ्रमण वर्ष मनाउन लाग्दा त्यसको विश्वभर प्रचार प्रसार भइरहेको छ । अब केही दिनमा आउन लागेको अंग्रेजी नयाँ वर्षका लागि नेपाल अब पर्यटिकय गन्तब्य बन्न लागेको हो ।

बलिउडकी चर्चित अभिनेत्री मल्लिका सेरावत पनि अंग्रेजी नयाँ वर्ष मनाउन नेपाल आइपुगेकी छिन् । उनी आइतवार नेपाल आइपुगेकी हुन् । उनी नयाँ वर्ष सन् २०२० को लागि नेपाल आएकी बताइएको छ । अभिनेत्री मल्लिका सेरावतले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफु नयाँ वर्ष सन् २०२० को लागि नेपाल आउने बारे जानकारी गराएकी छिन् ।

उनले सामाजिक सञ्जाल ट्वीटर मा आफुलाई भगवान बुद्धको जन्मस्थान मन परेको र आफु उक्त स्थानको भ्रमया गर्न आतुर रहेको बताएकी छिन् । मल्लिका सेरावत बलिउडकी एक सफल अभिनेत्री हुन् । पर्यटन वर्षका मनाउन भब्य तयारी गरेको सरकारले लुम्बिनीमा पर्यटकका लागि विभिन्न आकर्षका कार्यक्रम गर्ने भएको छ । आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएकी सेरावत आइतबार नै लुम्बिनीस्थित टाइगर प्यालेस रिसोर्ट भैरहवा पुगेकी छन्।

रिसोर्टले सेरावतलाई न्यानो स्वागत गरेका केही तस्बिरपनि सामाजिक सञ्जालमा अपलोड गरेको छ। जसबाट पुष्टि हुन्छ कि सेरावतले नयाँ वर्षको उल्लासमय समय बुद्धको जन्मस्थल लुम्बिनीमा बिताउने छिन्। थुप्रै हिन्दी, अंग्रेजी तथा चाइनिज फिल्ममा अभिनय गरेकी सेरावतले मनोरञ्जनको दुनिँयामा ‘ह’ट एण्ड से’क्सी’ नायिकाको रूपमा छबि बनाएकी छन्।

Related Articles

Back to top button
Close