News

सलमान खानका पारखीका लागि खुसीको खबर, दरवारमार्गमा खुल्यो खानको ‘रिब्रान्डिङ’ शो–रुम

काठमाडौं । बलिउडका चर्चित नायक सलमान खानका पारखीका लागि उहाँको चर्चित ब्राण्ड नेपालको बिइङ ह्युमनक्लोथिङको ‘रिब्रान्डिङ’ गरिएको शो–रुम दरबारमार्गमा खुलेको छ । नेपालका लागि बिइङ ह्युमनक्लोथिङको आधिकारिक बिक्रेता वस्त्र इन्क प्रालीले दरबारमार्गको स्टोरमा संस्थापक सलमानखानको जन्मदिनका अवसरमा ‘रिब्रान्डिङ’ हुरु गरेको कम्पनीले आज विज्ञप्तिमार्फत जनाएको छ । केही समय आन्तरिक समस्याका कारण बन्द रहेको उक्त शो–रुम औपचारिकरुपमा पुनःसञ्चालनमा आएको हो ।

विभिन्न देशमा रहेका बिइङ ह्युमनक्लोथिङको ‘शो–रुम’ मा सलमानखानको ५४औँ जन्मोत्सव भव्यताका साथ मनाइको र नेपालमा पनि खानको जन्मदिन मनाइएको थियो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुदीपचन्द्र बख्रेलले मानवताको भावनाअनुरुप गरीब तथा विपन्न नागरिकलाई रोजगारीको सिर्जना गर्ने उद्देश्यसहित कम्पनी शुरु गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “सलमानखान फिल्म मात्र होइन, वास्तविक जीवनमा पनि हिरो बन्न सफल हुनुभएको छ, बलिउड सुपर स्टारभन्दा पनि सामाजिक गतिविधिमा सक्रिय बिइङ ह्युमन फाउण्डेसनका संस्थापकका रुपमा जन्मदिन मनाएका हौँ ।”

वस्त्र इन्कका सञ्चालक राजु थापा क्षेत्रीले सेवाग्राहीको चाहनाबमोजिम नयाँ व्यवस्थापन र नयाँ ऊर्जाका व्यवसाय शुरु गरिएको बताउनुभयो । खानको जन्मदिनका अवसरमा वस्त्र इन्कले आफ्ना ग्राहकलाई प्रत्येक १५ हजारको खरिदमा विशेष छुट दिएको तथा सलमानखानको फिल्म दबगं–३ को च्यारिटी शो गरिएको कम्पनीले उल्लेख गरेको छ ।

यस्ता छन् भ्रमण वर्षमा पर्यटकीय संस्थाका अफर

सरकारले राष्ट्रिय महोत्सवकैरुपमा मनाउन लागेको ‘नेपाल भ्रमण वर्ष २०२०’ जति नजिकिँदैछ, मुलुकको समग्र पर्यटन क्षेत्रमा नयाँ उत्साह र रौनकता पनि थपिँदै गएको छ । भ्रमण वर्षमा २० लाख विदेशी पर्यटक भित्र्याउने सरकारी लक्ष्यलाई सार्थक तुल्याउन निजी क्षेत्रका पर्यटन व्यवसायी मात्र हैन नेपालमा सङ्गठित तमाम संस्थाले यो अभियानलाई उत्सवकैरुपमा लिएर आफ्ना गतिविधि अघि बढाएको देखिन्छ । कतिपय संस्थाले स्वतःस्फूर्त भ्रमण वर्षको प्रवद्र्धनमा जुटिरहेका छन् । धेरै संस्था सरकारी तथा सार्वजनिक निकायको समन्वय, सहकार्य तथा साझेदारितामा पर्यटन प्रवद्र्धनका काम भइरहेको छ ।

अबको दुई दिनपछि सन् २०२० जनवरी १ तारिखका दिन ९पुस १६ गते० काठमाडौँको दशरथ रङ्गशालामा विशेष समारोहसहित भ्रमण वर्षको औपचारिक शुभारम्भ गरिँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्षको औपचारिक शुभारम्भ गर्नेछन् भने सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने कार्यक्रम छ । विभिन्न राजनीतिक दलका नेता, व्यावसायिक तथा पेशागत सङ्घ सङ्गठनका प्रतिनिधि, नागरिक समाजलगायतको सहभागिता रहनेछ ।

सोही दिन सातै प्रदेशका मुख्यमन्त्रीले आआफ्नो प्रदेशबाट भ्रमण वर्षको शुभारम्भ गर्नुहुनेछ । त्यस्तै जनवरी ७ तारिख ९पुस २२ गते० विदेशस्थित नेपाली दूतावासमा भ्रमण वर्षको उद्घाटन गरिने र दूतावास नभएका मुलुकमा गैरआवासीय नेपालीमार्फत उद्घाटन गरिने पर्यटन मन्त्रालयले जनाएको छ ।

भ्रमण वर्ष उद्घाटन कार्यक्रममा १० भन्दाबढी देशको पर्यटनमन्त्री तथा विशिष्ट पाहुनाका साथै करिब ४० देशका सञ्चारमाध्यमका प्रतिनिधि पनि सहभागी हुँदैछन् । जहाँ ख्यातिप्राप्त राष्ट्रिय कलाकारको विशेष साङ्गीतिक प्रस्तुति रहनेछ । भ्रमण वर्षलाई सफल तुल्याउन पर्यटन क्षेत्रका अगुवा सङ्गठनले आफ्ना सेवामा विभिन्न छुट अफर घोषणा गरेका छन् ।

होटल एशोसिएसन अफ नेपाल ९हान० ले भ्रमण वर्षलाई लक्षित गर्दै आफ्ना सदस्य कम्पनीबाट सबै सेवामा ३० प्रतिशत छुट अफरको घोषणा गरी सम्बन्धित होटललाई अनुरोध गरेको छ । हानका प्रथम उपाध्यक्ष विनायक शाहले भ्रमण वर्षमा विदेशी पाहुनालाई स्तरीय सुविधा उपलब्ध गराउन कुनै कमीकमजोरी हुन नदिने प्रतिबद्धता जनाए ।

हानले सन् २०२० मा २५ लाख पर्यटकलाई धान्नसक्ने क्षमता रहेको जनाएको छ । हानमा आबद्ध पर्यटकीय स्थलदेखि पाँचतारे होलटसम्म गरी करिब दुई हजार होटल आबद्ध छन् । सरकारी तथ्याङ्कअनुसार अहिले ४५ हजार श्यया छन् । यस्तै पदयात्रा व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेञ्सिज एशोसिएसन अफ नेपाल ९टान०ले नेपाल भ्रमण वर्षलाई सफल बनाउन विभिन्न प्रवद्र्धनात्मक कार्यक्रमका साथै संस्थामा आबद्ध कम्पनीबाट २० प्रतिशत छुटको व्यवस्था गर्ने घोषणा गरेको छ ।

Related Articles

Back to top button
Close