News

काठमाडौंको प्रदर्शनीमार्गवाट विप्लव समुहका एक दर्जन बढी कार्यकर्ता प क्राउ

काठमाडौं, १३ पुष । प्रहरीले काठमाडौंबाट नेत्रविक्रम चन्द (विप्लव) समूहका एक दर्जन बढी कार्यकर्ताहरुलाई प क्राउ गरेको छ । आइतबार दिउँसो प्रदर्शनीमार्गबाट प्रहरीले एकै पटक १३ जनालाई प क्राउ गरेको हो ।

एउटा सार्वजनिक कार्यक्रम गर्ने तयारी गर्न लागेका विप्लव समूहका कार्यकर्तालाई प्रहरीले एकै पटक प क्राउ गरेको हो । विप्लव समूह निकट विद्यार्थी अखिल क्रान्तिकारीको आयोजनामा सीमा अति क्रमण विरुद्ध प्रद र्शन गर्न लागिएको जानकारी पाएपछि प्रहरी टोली पुगेको थियो । कालापानी, लिपुलेकलगायतका भूभागलाई भारतले आफ्नो नक्साभित्र पारेको विरोधमा विप्लव समुह वि रोधमा उत्रिएको हो । प्रदर्शनको तयारी भइरहेको बेला प्रहरीले उनीहरुलाई प क्राउ गरेको जनाएको हो । प क्राउ परेकाहरुलाई भ्यानमा राखेर पुलिस क्लबमा लगिएको छ।

भ्रमण वर्षमा गण्डकी प्रदेशका प्रकृति र संस्कृतिको विश्व बजारीकरण

पर्यटनलाई समृद्धिको महत्वपूर्ण आधारका रुपमा लिएको गण्डकी प्रदेश यतिखेर नेपाल भ्रमण वर्ष–२०२० को स्वागतको पर्खाइमा छ । प्रकृति र संस्कृति नै पर्यटनको महत्वपूर्ण आधारस्तम्भ रहेको वास्तविकतालाई दृष्टिगत गरी यसको विश्व बजारीकरणलाई प्रदेशले आफ्नो प्राथमितामा राखेको छ ।

फ्रेन्च नागरिक मौरिस हर्जगले १९५० को जुन ३ मा पहिलोपटक अन्नपूर्ण हिमाल आरोहण गरेसँगै पर्यटनमा अघि बढेको यस प्रदेशमा गण्डकी प्रदेश सरकारले विभिन्न ११० पर्यटकीय गन्तव्य सूचीकृत गरिसकेको छ ।

तथ्याङ्कअनुसार नेपाल आउने पर्यटकमध्ये ४५ प्रतिशत यस प्रदेशमा आउने गरेका छन् । यहाँका मुक्तिनाथ, मनकामना, दामोदरकुण्ड, गलेश्वर महादेव, विन्ध्यवासिनी, ढोरबराह, केलादीघाट, त्रिवेणी, देवघाट, सेतीवेणी लगायतका धार्मिक पर्यटकीय गन्तव्य हुन् भने ढोरपाटन सिकार आरक्ष, अन्नपूर्ण, तथा मनास्लु संरक्षण क्षेत्र, धवलागिरि, अन्नपूर्ण तथा मनास्लु हिमशृङ्खला र यसअन्तर्गतमा हिमालले यहाँको गरिमा र महत्व बढाएका छन् ।

संसारकै अग्लो तिलिचो ताल, रामसारमा सूचीकृत पोखराका नौवटा ताल, विश्वकै गहिरो म्याग्दीका दाना गल्छी, शालिग्राम पाइने कालीगण्डकी नदी तथा अन्धगल्छी, रुप्से झरना, विभिन्न गुफा, ग्रामीण बस्ती, घरवास र विश्व प्रसिद्ध अन्नपूर्ण पदमार्गका साथै मौलिक संस्कृतिले पर्यटकलाई लोभ्याउने गरेका छन् । भ्रमण वर्षलाई भव्य र सभ्य बनाउने लक्ष्यका साथ प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालको संयोजकत्वमा गठित समिति यतिखेर भ्रमण वर्षको शुभारम्भ लगायतका तयारीमा जुटेको छ ।

गण्डकी प्रदेशको पर्यटनको महत्वपूर्ण आधारस्तम्भ यहाँका प्रकृति र संस्कृति नै रहेको बताउने नेपाल भ्रमण वर्ष–२०२० का गण्डकी प्रदेश सहसंयोजक अग्नि कँडेलले यिनीहरूको विश्व बजारीकरणलाई प्राथमिकतामा राख्दै अघि बढाएको बताउनुभयो । “मनोरम प्रकृति र मौलिकता युक्त संस्कृतिमा सम्पन्न भए पनि हामीले यसको अपेक्षित बजारीकरण गर्न सकेका छैनौँ,” उहाँले भन्नुभयो, “नेपाल भ्रमण वर्षका अवसरमा यिनीहरूको प्रवद्र्धनका माध्यमबाट विश्व पर्यटन बजारमा पु¥याउने लक्ष्य राखेका छौँ ।”

गण्डकी प्रदेशमा पर्यटकीय नगरी पोखराका साथै यहाँका ११ वटै जिल्लामा विभिन्न महत्वपूर्ण पर्यटकीयस्थल छन् । पोखरास्थित फेवा, बेगनास लगायतका ताल, यहाँबाट देखिने चाँदी जस्तै टलक्क टल्केको माछापुच्छ्रे, अन्नपूर्णलगायत हिमाली दृश्य, विन्ध्यवासिनी मन्दिर, सेती नदी, महेन्द्र गुफा, गुप्तेश्वर महादेव गुफा, डेभिड फल्स, ढङ्गेसाँघुस्थित प्राकृतिक पुल, बाइसे चौबिसे राजाका पालाका ऐतिहासिक कोटहरू कास्कीकोट, भरतपोखरीको कोटभैरव, हुडिकोट, कालिकाको ठूलाकोट र रुपा गाउँपालिकाको रुपाकोट लगायतका धेरै महत्वपूर्ण पर्यटकीयस्थल छन् ।

Related Articles

Back to top button
Close