News

कुबेतमा अलपत्र ३२ नेपाली घर फर्कनु पाउँ भन्दै दुतावासको शरणमा

काठमाडौं, १३ पुष । कुवेतमा अलपत्र परेका ३२ जना नेपाली घर फर्कन पाउँ भन्दै कुवेत स्थित नेपाली राजदूतावासको शरणमा पुगेका छन् । बेखर्ची भएका उनीहरु एक साता देखि दुतावसमा घर फर्कने दिन गनेर बसेका छन् । काठमाडौंको सामाखुसीस्थित एसआरके नेपाल म्यानपावरमार्फत उनीहरु कुवेत पुगेका थिए । हल्का सवारी चालक बन्न कुवेत पुगेकाहरु तोकिएअनुसारको काम र पारिश्रमिक नपाएपछि नेपाल फर्कन लागेका हुन् ।

‘कुवेत पुगेको तीन महिनासम्म पनि जागिर नपाएपछि उनीहरु बेखर्ची भएका थिए । लगेको पैसा पनि सकिने र जागिर पनि नपाएपछि ३२ जना नेपाली कुवेतमा अलपत्र परेका हुन् । तीन महिनासम्म कुर्दा पनि भनेको काम नदिएपछि हामी आफ्नै मुलुकको राजदूतावासको शरणमा जान बाध्य भएको प्युठानका जंगवीर सुनुवार र रोल्पाका मतिवीर पुन मगरले बताएका छन् । उनहिरु भने विहिवार नेपाल आइपुगेका छन् । दुई जना नेपाल आइपुगेको भए पनि अन्य साथीहरु कुवेतको दुतावसमै छन् उनीहरुले भने ।

त्यहाँ रहेका सबै नेपाली पीडामा रहेको र दूतावासलाई निवेदन दिँदासमेत सुनुवाइ हुन नसकेको उनको भनाई छ । नेपाल फर्केका उनीहरुले ६ दिनको जरिवाना शुल्क तिरेर आफूहरू नेपाल फर्किन पाएको बताएका छन् । भिजिट भिसाको तीन महिने म्यादसम्म कुनै काम नदिएको र भिसा प्रक्रिया पनि शुरू नगरेपछि आफूहरू अलपत्र परेको उनीहरुको भनाई छ ।

गएका ३२ जनामध्ये मात्र नौ जना कामदारको भिसा लागेको र अरू कसैको तीन महिने भिसा सकिए पनि भिषा नथपिएको उनीहरुको भनाई छ । रोजगारीका लागि कुवेत पुगेका उनीहरुले प्रति ब्यक्ति २ लाख रुपैया सम्म म्यानपावरलाई बुझाएको बताए । ‘साहुसँग ब्याजमा पैसा लिएर विदेश गई कमाएर घर परिवार पाल्ने आशाका साथ विदेश गइयो, अहिले समस्या परेर फर्कनुपरेको छ’ उनीहरुले भने ।

Related Articles

Back to top button
Close