Video

लिपुलेकबाट प्रमाणसहित फर्किए ज्ञानेन्द्र शाही ! लिपुलेकमा झन्डा गाड्दैमा सिमा फिर्ता हुदैन

कालापानी र लिपुलेकसहित नेपाल–भारत सीमाका ७१ स्थानमा विवाद छ। भारतसँग जोडिएका २६ मध्ये २३ जिल्लामा सीमा समस्या छ। डँडेल्धुरा, बैतडी र धनुषामा मात्र सीमा अतिक्रमणका घटना देखिएका छैनन्।

दार्चुलादेखि ताप्लेजुङसम्म गरी भारतले ६० हजार ६ सय २७ हेक्टर मिचेको छ।सीमाविद् बुद्धिनारायण श्रेष्ठको पुस्तक ‘सीमा संग्राम’ का अनुसार नेपाल र भारतबीच १ हजार ८ सय ५० किलोमिटर सीमा जोडिएको छ। त्यसमध्ये ६ सय ६ किलोमिटर विवादित छ।

विवादित सिमा लिपुलेक, कालापानी र लिम्पियाधुराको बारेमा सम्पूर्ण जानकारी लिनको लागि अभियन्ता ज्ञानेन्द्र शाही लगायतको टोली सीमाको बारेमा जानकारी लिनको लागि प्रस्थान गरेका थिए । त्यहाँ पुगेर तथ्य र प्रमाणसहित फर्केको ज्ञानेन्द्र शाहीले दाबि गरेका छन् । हेरौं उनी सिमाबाट फर्किएलगत्तै गरिएको कुराकानी भिडियोमा ।

Related Articles

Back to top button
Close