News

महाबिर पुनको राष्ट्रिय आविस्कार केन्द्रलाई कोरियाबाट १४ लाख रुपिया बराबरको आर्थिक सहयोग

किशन गौतम / सौल कोरियामा कार्यरत केहि जागरुक युवाहरुको समुहले महाबिर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई रु .१४ लाख बराबरको सहयोग रकम हस्तान्तरण गरेको छ | आत्मियता, एकता , भाइचारा र सद्भाव छर्ने आसय बोकेर संगठित भएका समाजिक भावना भएका जुझारु युवाहरु द्वारा संचालित अभियान ” ‘स्वतन्त्र राष्ट्रप्रेमी सचेत नेपाली एकता अभियान ” को पहलमा संकलित उक्त रकम अहिलेको सबै भन्दा लोकप्रिय कार्यक्रम “सिधा कुरा जनता संग” कार्यक्रमका प्रस्तोता पत्रकार रबि लामिछानेको बिसेष रोहबरमा शुक्रबार राष्ट्रिय आबिस्कार केन्द्रका अध्यक्ष समेत रहनु भएका समाजसेवी महाबिर पुनलाई हस्तान्तरण गरिएको हो |

बैज्ञानिक क्षेत्रमा खोज अनुशन्धान गर्ने स्वदेशी बिधार्थी लाइ सहयोग गर्ने उदेश्यका साथ डा . महाबिर पुनको संयोजकत्वमा खोलिएको राष्ट्रिय आविस्कार केन्द्रलाई रकम अभाब भएको भन्ने समाचार प्रकाशित भएपछी कोरियामा रहेका केहि जागरुक युवाहरु रकम संकलन अभियानमा जुटेका थिए l करिब डेढ महिनाको अभियानबाट संकलित उक्त रकम एक कार्यक्रमका बीच हस्तान्तरण संयोजक अभियानकर्ता सर्बजित शाहको प्रत्क्षय उपश्थितिमा हस्तान्तरण गरिएको हो |

हस्तान्तरण कार्यक्रममा संयोजक शाहले सम्पूर्ण सहयोगी दाताहरुलाई बिसेष धन्यवाद प्रकट गर्दै यसरि राष्ट्र निर्माणमा जुटेको आविष्कार केन्द्र लाइ सहयोग गर्न पाउदा खुसि लागेको बिचार व्यक्त गरे |

रोजगारिका लागि कोरियामा आएका केहि राष्ट्रप्रेमि सचेत नागरिक सर्कल हरु द्वारा खोलिएको “स्वतन्त्र राष्ट्रप्रेमी सचेत नेपालि एकता अभियान ” ले यसभन्दा पहिला पनि सप्तरीको बर्दिबासमा मुसहर बस्ति निर्माणार्थ एक दिने श्रमदान सहित धुर्मुस सुन्तली फाउन्डेसनलाइ रु १२ लाख बराबरको आर्थिक सहयोग गरिएको अभियन्ता अरुण श्रेष्ठ (EPS Chingu) ले बताएका छन |

पछिल्लो पटक नेपालमा गएको बाढी पहिरो बाट घरबार बिहिन परिवार पहिलो चरणको तत्काल राहत वितरणबाट बचेको रकम लाइ न्युज २४ को सकृयता केहि बाढि प्रभावितहरुको निर्माण गर्न लागिएको आवशलाइ रु. २ लाख १० हजार बराबरको आर्थिक सहयोग पनि शुक्रबारकै कार्यक्रममा गरिएको अभियान्ता युबराज घिमिरेले बताए | यस सहयोग संकलनमा कोरियाको विभिन्न ग्रुप (समूह) हरुको पनि संयुक्त सहकार्य रहेको कुरा अभियन्ता अभियन्ता बिस्व श्रेष्ठ बतॉउछन ।

स्वतन्त्र राष्ट्रप्रेमि अभियानका संयोजक अभियान्ता रामदत्त जोशी (नेपाल को राम )ले भने ” राष्ट्रनिर्माण ,भावि पुस्ताको भविष्य निर्माण र प्रत्यक्ष राष्ट्रियतासँग सम्बन्धित बिषयमा हाम्रो यस अभियानले लिने गरेको चासो ,दिने गरेको समय र निर्वाह गर्ने गरेको उत्तरदायित्व र कर्तव्यबोध लाइ तन,मन ,बचन र धनले खुलेर साथ ,सहयोग ,हौसला र माया दिनुहुने देश तथा बिदेस गरि संसारभरि छरिएर रहनुहुने र खासगरि कोरियामा रहनु हुने नेपाल आमाका हरेक सन्ततिहरु प्रति हामि सदैब कृतज्ञ छौँ ।

राष्ट्रिय आविस्कार केन्द्र निर्माण अब म, सहित ३ करोड नेपालिहरुको साझा सपना बनिसकेको छ यो सपना साकार होस र त्यो पनि श्रद्धेय दाजु ,हामि सबै नेपालिहरुका आशा र भरोसाका धरोहर महाबिर पुनकै नेतृत्व र कार्यकालमा समपन्न होस भन्ने सबै अभियानकर्ता र सहयोगी कोरिया वासि नेपालिहरुको तर्फबाट शुभकामना सहितको धारणा यस अभियान आर्थिक संकलन संयोजक एल. बि. श्रेष्ठले ब्यक्त गर्नु भयो। यसरि देश विदेश बाट संकलित रकमलाई जलबिधुतमा लगानी गरि आएको प्रतिफल बाट आविस्कार केन्द्र लाइ थप मजबुद र दिगो बनाउने केन्द्रका संयोजक पुन बताउछन।

Related Articles

Back to top button
Close