News

देशको सिमा लुट्दा पनि सात्ताधारी नेतालाई कुर्ची प्यारो- चित्रबहादुर केसी

राजकुमार साउँद
अत्तरिया, १६ मंसिर– राष्ट्रिय जनमोर्चा पार्टीका केन्द्रिय अध्यक्ष चित्र बहादुर केसीले भारतले ओगटेको नेपालको भुमी फिर्ता गर्नुपर्ने बताएका छन । मंसिर ११ गतेदेखी राष्ट्रिय जनमोर्चा पार्टीले थालेको कालापानी अभियानको कञ्चनपुरमा हुने समापन सभालाई सम्बोधन गर्न सुदुरपश्चिम आएका केसीले नेपालको अविछिन्न तथा अविभाज्य सार्वभौमिकताभित्र पर्ने भुभागलाई भारतले आफ्नो नक्सामा सामेल गर्ने कार्यले नेपालको राष्ट्रियता र सार्वभौम अखण्डतामाथी हस्तक्षेप भएको बताए ।

सोमबार अत्तरियामा पत्रकारहरु सँग कुरा गर्दै केसीले नेपालका सत्ताधारी दलहरुले देशको गुमेको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डतालाई फिर्ता ल्याउने भन्दा पनि सत्ता शक्तिलाई प्राथमिकता दिने कारणले गर्दा हामी हेपिएको बताए । ‘भारतले विगतदेखी नै विभिन्न बहानामा नेपालीहरुलाई दुख दिईरहेको छ’ उनले भने ‘तर हामी त्यसको विरोध गर्न नसकेर चुपचाप सहन बाध्य छौ ।’ नेपालमा सत्तासिन हुने सम्पुर्ण पार्टिहरु सत्ताशक्तिलाई प्राथमिकतामा राख्ने हुदाँ नै नेपाल विकसित हुन नसकेको उनी बताउँछन । ‘सत्तासिन पार्टीहरुलाई राष्ट्रको अस्मीता भन्दा सत्ता प्यारो छ’ उनले भने ‘भारतको सर्मथन र आर्शिवाद पाईराखौ भन्ने ठानेर प्रसाशनमा बस्नेले समेत भारतको विरोधमा चु गर्न नसक्ने स्थीतीको फाईदा उसले उठाएको हो ।’

नेपालमा २ तिहाईको शक्तिशाली सरकार भएको र जनताहरु पनि जागरुक भईसकेकाले ति जनताहरुको प्रतिनिधित्व अहिलेको सरकारले गर्नसक्नुपर्ने उनको भनाई छ । ‘नेपालमा राणा, राजा, पञ्चालय जो भएनी राजनिति गर्नेको प्रवृत्ति शत्तामा जाने र शक्तिमा बस्ने मात्रै छ । त्यसको लागी शक्ति राष्ट्रहरुको चाप्लुसी र दलाली गर्न पनि तयार हुने परिपाटी चल्दै आएको छ । देशको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताको सौदाबाजी गरेर सत्तामा रमाउने प्रवृत्तिले गर्दा नेपाली राष्ट्रियता यती कमजोर बनेको हो’ केसीले भने ।

सरकारलाई दवाव दिन जनमोर्चाले कालापानी अभियान चलाएको उनले बताए । सरकारले कुटनितिक रुपमा कदम चाल्नुका साथै आवश्यक परे अन्तरराष्ट्रियकरण गर्नुपर्ने उनको भनाई छ । ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रो हो, भारतिय साम्राज्यवादी सेना फिर्ता गर, भारतिय जाली नक्सा खारेज गर’ भन्ने मुल नाराका साथ मंसिर ११ गते बाट जनमोर्चाले सुरु गरेको कालापानी अभियान मंगलबार कञ्चनपुरमा समापन हुनेछ ।

Related Articles

Back to top button
Close