News

ट्रायल फेल भएकालाई अनुमतिपत्र दिने यातायातका प्रमुख र इन्स्पेक्टरविरूद्ध मुद्दा दर्ता

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, बुटवलका तत्कालीन कार्यालय प्रमुख र तत्कालीन इन्स्पेटर विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

ट्रायल फेल भएकालाई पैसा लिएर अनुमतिपत्र दिने तत्कालीन प्रमुख आनन्द केशरी पोखरेल र तत्कालीन पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीका इन्स्पेक्टर रविन्द्र श्रेष्ठ विरुद्ध मुद्दा दायर भएको हो।

उनीहरुले भ्रष्टाचार गरेको भन्ने सूचनाका आधारमा आयोगले अनुसन्धान गर्दा भ्रष्टाचार गरेको देखिएको हो। आयोगका अनुसार उनीहरुले ७१ जना फेल परिक्षार्थीहरुलाई पास बनाएका थिए। आयोगले दुबै जनालाई कैद र जरिवाना माग समेत गरेको छन्।

Related Articles

Back to top button
Close