News

कुलमान घिसिङ र डा. सन्दुक रुइत सम्मानित

काठमाण्डाै – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र आँखा विशेषज्ञ डा. सन्दुक रुइत हेमबहादुर मल्ल सम्मानबाट सम्मानित हुनुभएको छ ।

काठमाण्डौमा भएको एक कार्यक्रममा उपराष्ट्रपति नन्द बहादुर पुनले दुवैजनालाई सम्मान गर्नुभएको हो । साल्ट ट्रेडिङ कर्पाेरेशनको प्रायोजनमा स्थापना भएको हेमबहादुर मल्ल सम्मान २०७३ घिसिङलाई र २०७४ डाक्टर रुइतलाई प्रदान गरिएको हो । पुरस्कारको राशी २ लाख रुपैयाँ रहेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई लोडसेडिङ हटाउन भूमिका खेलेको तथा डा.रुइतलाई आँखा उपचारमा पुर्‍याएकाे अतुलनीय योगदानको कदर गर्दै सम्मान गरिएको हो ।

यसअघि केदारभक्त माथेमा, चाँदनी जोशी, डा.भगवान कोइराला, डा.बिमल कोइराला, महावीर पुन, अम्बिका श्रेष्ठ, भोजराज पोखरेल, दमननाथ ढुंगाना, डा.सुरेशराज शर्मा, खिलराज रेग्मी, उमेश मैनाली, दामोदर गौतम र डा. देवेन्द्र पाण्डे याे सम्मानबाट सम्मानित भइसक्नुभएको छ ।

Related Articles

Back to top button
Close