News

चर्चित अभिनेता कुशालले ३७ वर्षको उमेरमा गरे देह त्याग

एजेन्सी । भारतीय टिभी जगतका चर्चित अभिनेता एवं बलिउड फिल्ममा समेत देखिइसकेका कुशाल पंजाबीले ३७ वर्षको उमेरमा देह त्याग गरेका छन् । भारतीय मिडिया आजतकले सो कुराको पुष्टि गर्दै समाचार बनाएको छ । बिहिबार राती कुशलको श व घरभित्र झु ण्डि एको अवस्थामा फेला परेको प्रहरीलाई जनाउँदै आजतकले उल्लेख गरेको छ । शुक्रबार दिउँसो कुशालको अन्तिम संस्कार गरिने स्रोतले बताएको छ । रिपोर्टका अनुसार कुशाल डिप्रे शनबाट गुज्रिरहेका थिए । साथै उनको हेयर ट्रान्सप्लान्ट शल्यक्रिया गडबड भएका कारण पनि उनी चिन्तित थिए । कुशालको निधनको जानकारी उनका निकै मिल्ने साथी र टिभी जगतका अभिनेता करनवीर बोहराले आफ्नो सोसल ह्यान्डलमार्फत् दिएका छन् ।

करनवीरले आफ्ना साथी कुशालका लागि एउटा नोट लेखेका छन् । जसमा उनले भनेका छन्, ‘तिमी गएको भन्ने खबर सुन्दा म स्तब्ध छु, मैले अहिलेसम्म पनि यो कुरा स्विकार गर्न सकेको छैन । मलाई थाहा छ तिमी यहाँभन्दा राम्रो स्थानमा छौ । तिमीले सधैं मलाई जीवनमा प्रेरणा दियौ । म सधैं तिमीलाई डान्सिङ ड्याडीको रुपमा याद गर्नेछु ।’

कुशालले एक डान्सर र मोडलको रुपमा मनोरञ्जन क्षेत्रमा कदम राखेका थिए । उनले आफ्नो टिभी करियरको सुरुवात सन् १९९५ मा रिलिज भएको ‘अ माउथ फुल अफ स्काय’ बाट गरेका थिए । त्यसपछि उनी ‘लभ म्यारिज’, ‘कसम से’, ‘देखो मगर प्यार से’, ‘डन’ सहित विभिन्न सिरियलमा देखिए । कुशालले बलिउडको पनि विभिन्न फिल्ममा अभिनय गरेका छन् । उनले लक्ष्य, सलाम ए इश्क, हमको इश्क ने मारासहित विभिन्न फिल्ममा काम गरिसकेका छन् ।

कुशाल पंजाबीले रियालिटी गेम शो ‘जोरका झट्काः टोटल वाइपआउट’ को उपाधि जितेका थिए । यो गेम शो जितेर कुशालले ६० लाख भारु जितेका थिए । उनले थुप्रै म्युजिक भिडियोमा पनि काम गरेका थिए ।

कुशाल सिन्धी परिवारबाट थिए । वाल्यकालमा कुशाललाई साइक्लिङ्ग, स्केटिङ, स्विमिङ र डान्सिङको शौख थियो । कुशल एड्भेन्चर स्पोर्टस एक्टिभिटीको विषयमा प्यासोनेट थिए । कुशाल पंजाबी उत्कृष्ट नायक हुनुका साथै शानदार डान्सर पनि थिए । उनी ज्याज र हिपहप डान्स फर्ममा एक्सपर्ट थिए । कुशाललाई भ्रमण र आउटडोरको ठूलो शौख थियो । कुशाल पंजाबीको नीजि जीवनको कुरा गर्नुपर्दा उनले युरोपेली प्रेमिका सँग सन् २०१५ सँग विवाह गरेका थिए । उनको विवाह गोवामा निकै नजिकका आफन्तहरुको उपस्थितीमा भएको थियो । दुबैका एक छोरा छन् ।

कुशाल पंजाबी आफ्ना छोरासँग निकै प्रेम गर्दथे । कुशालको इन्स्टा प्रोफाइललाई हेरेर यसको अन्दाज लगाउन सकिन्छ । उनले पोष्ट गर्ने तस्बिरहरुमा कुशालको छोरासँग शानदार बन्डिङ देख्न पाइन्छ । कुशाल पंजाबी फिटनेस फ्रिक थिए । उनी इन्स्टामा व्यायाम र जिमिङको तस्बिर पोष्ट गरिरहन्थे । कुशालको सुगठित शरीर थियो । कुशाल पंजाबीले लक्ष्य, काल, धन धना धन गोल, अन्दाज, सलाम–ए–इश्कमा काम गरेका छन् । फिल्मबाहेक उन टिभीमा पनि सक्रिय रहे ।

Related Articles

Back to top button
Close