Video

चितवन पुगेका प्रचण्डले भने ‘म अस्ताउँदो सुर्य हु’, पर्यटन वर्षका लागि सौराहामा हुँदैछ यस्तो भब्य तयारी (भिडियो हेर्नुस्)

काठमाडौं, ११ पुष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न युवाहरु एक हुनुपर्ने बताएका छन् ।चितवनको रत्ननगरमा बुधबारदेखि सुरु भएको नेपाल जेसीजको ४६ औँ महाधिवेशनको उद्घाटन गर्दै प्रचण्डले पर्यटन वर्षको पूर्वसन्ध्यामा पर्यटकीय नगरी सौराहाको प्रवेशद्धारमा महाधिवेशन गर्नु आफैमा महत्वपूर्ण भएको उल्लेख गरे ।

अध्यक्ष प्रचण्डले समृद्ध नेपाल निर्माण गर्ने जिम्मा युवाहरुलाई भएकाले देशको आर्थिक विकासमा युवाहरुको भूमिका अतुल्यनिय रहेको उनको भनाई छ ।
‘हामी अस्ताउँदा सुर्य हौँ, उनले भने ,‘तपाई युवाहरु उदाँउदो सुर्य हो । देशको अगामी नेतृत्व गर्ने जिम्मा तपाईहरुकै काँधमा छ । जेसीजले त्यस किसिमको युवा नेतृत्वको विकास गरिरहेको छ ।’

उनले देशमा ठूलो त्याग र तपस्यपछि नयाँ राजनैतिक व्यवस्था आएकाले यसलाई संस्थागत गर्न युवाहरुले एक भएर अघि बढ्न आग्रह गरे । प्रचण्डले नेपाल भ्रमण वर्ष सफल बनाउन ७ वटै प्रदेशबाट एक साथ सुभारम्भ गर्ने कार्यक्रम रहेकाले जेसीज महाधिवेशमा उपस्थित जेसीहरुलाई सहभागि हुन अनुरोध समेत गरे ।

नेपाल सरकारले नेपाल भम्रण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । जनवरी १ देखि सुरु हुने भ्रमण वर्षको स्वागतका लागि तेस्रो पर्यटकीय नगरी सौराहाले तयारी अन्तिम चरण पुराएको छ । बुधवारबाट सुरु भएको जेसीजको ४६ औँ महाधिवेश नयाँ नेतृत्व चयन गर्दै सम्पन्न हुनेछ । महाधिवेशमा नेपालभरका २५ सयभन्दा बढी जेसीहरुको उपस्थिति रहेको छ ।

Related Articles

Back to top button
Close