News

कसैको भूमि एक इन्च पनि मिच्दैनौं र मिचिएको भूमि फिर्ता गरेरै छाड्छौं – प्रचण्ड

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालले आफ्नो सिमा एक इन्च पनि नछाड्ने उद्घोष गर्दै कसैको भूमि नमिच्ने र मिचिएको भूमिपनि फिर्ता गरेरै छाड्ने बताउनुभएको छ ।

हात्ती महोत्सव उद्घाटन गर्न चितवन पुग्नु भएका अध्यक्ष प्रचण्डले नेपालले आफ्नै पहिचान, राष्ट्रियता, राष्ट्रिय अखण्डता तथा सार्वभौभ भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘हामीलाई कसैको एक इन्च भूमि पनि चाहिँदैन । हाम्रो एक इन्च भूमि मिचेको पनि सहँदैनौं । नेपालीहरू राष्ट्रियता, भौगोलिक अखण्डताका पक्षमा एकजुट छन् । हाम्रो आफ्नै मूल्य, मान्यता, मनोविज्ञान छ ।’

उहाले नेपालीहरू अवसरको सङ्घारमा रहेको बताउँदै त्यसलाई सबैले सदुपयोग गर्न पनि आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘अबको दशक विकासको दशकमा बदल्नुपर्छ । भिजिट नेपाल २०२० नजिकिँदैछ । अहिले तुलनात्मकरूपमा विश्वभर राम्रो सन्देश गएको छ । नेपाल आर्थिक विकासको गतिमा छ भने स्वीकार गरेको अवस्था छ ।’

Related Articles

Back to top button
Close