Entertainment

धेरै वटा नेपाली गीत गाएकी बहुचर्चित भारतीय गायिका आशा भोस्ले पुगीन् रेडियो नेपाल, गरियो भब्य स्वागत

काठमाडौं, १० पुस । भारतकी प्रसिद्ध गायिका आशा भोस्ले नेपाल आएको बेला सिंहदरबार स्थित रेडियो नेपालको संगीत स्टूडियोमा पुगेकी छिन् ।

बुधबार नेपाल आएकी आशाले आज रेडियो नेपाल पुगेर केही गीतको रिहर्सलसमेत गरेकी छन् । रेडियो नेपालमा उनलाई कार्यकारी निर्देशक सुरेशकुमार कार्की र नायव कार्यकारी निर्देशक अशोक बास्कोटाको टोलीले स्वागत गरेको थियो ।

‘यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर’, ‘म प्यार बेचिदिन्छु, गैरीखेतको शिरै हान्यो’, ‘मोहनी लाग्ला है’ लगायतका दर्जनौँ नेपाली गीत गाएकी भारतीय चर्चित गायिका आशा आउँदो शनिबार काठमाडौँमा हुने एक कन्सर्टमा सहभागी हुनेछिन् ।

Related Articles

Back to top button
Close