Video

रामकृष्ण ढकालले दिए डिभोर्स बारे स्पस्टिकरण, श्रीमती निलमको चरित्रह:त्या गरेको भन्दै आक्रोशित….हेर्नुहोस् भिडियो.

काठमाडौँ – चर्चित गायक रामकृष्ण ढकालले संचारमाध्यमहरुले आफ्नी श्रीमती निलम शाह ढकालको चरित्रह:त्या गरेको बताएका छन् । बुधबार विभिन्न संचार माध्यमहरुमा उनि र उनकी श्रीमतीको सम्बन्ध बिच्छेद भएको समाचार सम्प्रेषण भएको थियो । सोही समाचारबारे लामो स्पष्टीकरण दिँदै गायक ढकालले आफ्नो परिवारको आत्मसम्मानलाई ठेस पुग्ने गरि संचारमाध्यमहरुले भ्रामक समाचार प्रसारण गरेको बताएका छन् । उनले आफु पत्नीसँग सँधैझै हाँसीखुशी रहेको र सम्बन्धमा कुनैपनि चिसो नआएको समेत बताएका छन् ।

श्रीमतीसँग डिभोर्सको हल्ला भाइरल भएपछि बिहीबार मध्यान्ह ढकालले लामो स्टाटस यसरी लेखेका छन् । मैले आफुले आफ्नो बोध भए देखि नै गाउन थालेको हुँ । कति गाएँ त्यो अंकमा गनेको पनि छैन। जिवनको यो लामो अन्तरालमा मैले कति दर्शक–श्रोता कमाए भन्ने कुराको कहिल्यै लेखाजोखा गरिन तर समय यस्तो ठाउँमा आएर अडिदियो कि हिजो देखि नेपाली मिडियाले मेरो पारिवारिक विषयलाई शिर्ष समाचार बानाएदेखि मलाइ मेरा आफ्ना आलोचक र प्रशंसक कति रहेछन भन्ने कुराको आभाष भएको छ। सम्पुर्ण दर्शक श्रोता प्रति सधै कृतज्ञ छु र रहिरहनेछु।

पछिल्लो समय जसरी मिडियामा म र मेरो जीवन संगिनीको सम्बन्ध विच्छेदलाई लिएर समाचारहरु बनेका छन ती सबै मेरो परिवारको आत्मसम्मान विपरीत छन त्यसैले समाचारलाई विश्वास गरि मेरो परिवार प्रति कुनै पनि नकारात्मक टिप्पणी नगरिदिनु हुन सबैमा अनुरोध गर्दछु। विशेष गरि मेरी श्रीमती निलमलाई जोडेर एक महिला प्रति को न्युनतम सम्मान समेतको ख्याल नराखी अत्यन्त निम्न स्तरमा उत्रिएर अनुमानका भरमा कपोलकल्पित भ्रामक अड्कलबाजी र ठोकुवा गरेर उनको चरित्रह:त्या हुने गरि प्रतिक्रिया दिनेहरु प्रति खेद प्रकट गर्द्छु ।”

समाचार सामाजिक संजालमा भाइरल भएपछि अहिले ढकाल तनावमा छन् । उनले समाचार नेपालका ठुला देखि साना अनलाइनमा भाइरल भएपछि उनले सामाजिक संजालमा लेखेका छन्, ‘अरुले जेसुकै भनून् तर हाम्रो सम्बन्ध कहिल्यै मर्ने छैन ।’

ढकालले यो खबर ‘गलत’ भएको बताउँदै सामाजिक सञ्जाल फेसबूकमा एक पोस्ट गरेका छन् । उनले पत्नीसँगको तस्वीर शेयर गर्दै आफ्नो सम्बन्ध सधैभरिका लागि भएको बताएका छन् ।

ढकालले सम्वन्धविच्छेदको मुद्दा लिएर अदालत गएको समेत इन्कार गरे । तर जिल्ला अदालत काठमाडौंमा बुझ्दा श्रेष्तेदार आनन्द श्रेष्ठले सञ्चारमाध्यमसँग सम्वन्धविच्छेदको पुष्टि गरिसकेका थिए । उनले अदालति भाषामा भने, ‘उहाँहरुले सम्वन्ध विच्छेद गर्न मञ्जुर छौं भनेर मिलापत्र गर्नुभएको छ । बादी (निलम) ले अंश नलिने गरी मिलापत्र भएको हो ।’

Related Articles

Back to top button
Close