News

सिन्धुपाल्चोक दुर्घ टनामा बाँचेकी बालिका सिन्धुलाई आफन्तले लगे, नर्सहरु डाँको छाडेर रोए

काठमाडौं, १० पुष । करिब दुई साता अघि सिन्धुपाल्चोक बस दुर्घ टनामा बाँचेकी ७ महिने बालिका सिन्धुलाई आफन्तले लगेका छन् । उनकी आमाको दुर्घ टनामा निधन भएको छ भने बसको चालक रहेका उनका बुवा सम्पर्कमा नआएपछि बालिकालाई सानीमा, ठूलीआमा र मामाले जिम्मा लिएका हुन् ।
दुर्घटना पछि बाँचेकी सिन्धु सदाबहारलाई लामो समय सम्म आफन्त लिन नगएपछि नर्सहरुले उनको हेरचाह गर्दै आएका थिए । दुर्घट नास्थलबाट उद्धार गरि अस्पतालको संरक्षणमा छाडिएकी ति बालिकाको नाम सिन्धु पनि अस्पतालले नै राखिदिएको हो । विहिवार सिन्धुलाई उनका मामा सर्लाहीका मैतेसिं लो, उनकी सानीआमा सुकुमायाँ लो र ठूलीआमा चिनमायाँ लो लाई जिम्मा लगाइएको हो ।

अस्पतालका अध्यक्ष कमल नेपाल बालिकालाई आफन्तको जिम्मा लगाएका हुन् । जिल्ला प्रहरी कार्यालयमा प्रनाउ माधव प्रसाद काफ्ले, सुनकोसी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी पौडेल, सुनकोसी ७ का वडाध्यक्ष ईश्वर तिमल्सिना र स्थानीय अगुवाहरुको रोहबरमा बालिका जिम्मा लगाइएको हो । अस्पतालका अध्यक्ष नेपाल, संचालक समिति सदस्य तथा अस्पतालका कर्मचारीहरुले बालिकालाई टीका लगाइदिएर आफन्तको जिम्मा लगाइएका हुन् ।

लामो समयसम्म आफुहरुको रेखदेखमा रहेकी बालिका जिम्मा लगाउनुपर्दा नर्सहरु भावुक भएका थिए । उनीहरुले बालिकाको राम्रो हेरचाह गर्न समेत आग्रह गरे । बालिकाको विदाईमा अस्पतालका स्टाफ नर्सहरु डाँकै छाडेर रोएका थिए । बालिकालाई जिम्मा लगाइरहँदा अस्पतालकी नर्स लक्ष्मी बिकले मन थाम्न नसकेपछि डाँको छाडेर रोएकी थिइन् । उनलाई सम्झाउन पुगेकी अस्पतालकी मेट्रोन सपना शाहले पनि मन थाम्न सकिनन् । यो ।

अस्पतालको अध्यक्ष समेत सहनुभएका लिसंखुपाखर गाउँपालिकाका अध्यक्ष कमल नेपालले बालिकाको सुन्दर भविष्यको कामना गर्दै उनको पालनपोषण, शिक्षामा केहि समस्या आइपरे अस्पताल, स्थानी सरकार र संघिय सरकारले आवस्यक सहयोग गर्ने बताए । दोलखाको कालिञ्चोक तीर्थ यात्रा गएर फर्केको बस दुर्घटना हुँदा १५ जनाको निधन भएको थियो । सुनकोशी गाउँपालिका ७ लामोसाँघु जिरी सडक खण्डको छ किलोमा करिब १०० मिटर तल ब्रेक फेल भएर सो वा ४ ख ४४६८ को रिजर्भ बस दुर्घ टनामा परेको थियो।

जलवायु परिवर्तन रोक्न विश्वसमुदाय एक हुनुपर्छ दाहाल

चितवनको सौराहामा अन्तरदेशीय भू–परिधि संरक्षण कार्यक्रम शुरु भएको छ । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज बिहान सो कार्यक्रमको उद्घाटन गरे ।

अध्यक्ष दाहालले संरक्षणमा लाग्न सबैलाई आह्वान गर्दै आफू पनि वातावरण संरक्षणको विद्यार्थी भएकोले संरक्षणका क्षेत्रमा अघि बढ्न प्रतिबद्ध रहेको बताए । अध्यक्ष दाहालले विश्वमा बढ्दै गएको जलवायु परिवर्तनलाई रोक्न विश्वसमुदाय एक हुनुपर्नेमा जोड दिए ।

अन्तरराष्ट्रिय संस्था आइसीआइएमओडीको आयोजनामा शुरु भएको कार्यक्रम दुई दिनसम्म चल्नेछ । कार्यक्रममा हिमालय क्षेत्रका आठ देशका ५५ भूपरिधि संरक्षण विज्ञ सहभागी भएका हुन् । कार्यक्रममा नेपालमा संरक्षण क्षेत्रमा भएको प्रगति र विश्वमा भइरहेका गतिविधिका बारेमा छलफल हुने आयोजकले जनाएको छ ।

Related Articles

Back to top button
Close