News

यस्तो मन्दिर जहाँ काली मातालाई प्रसादको रुपमा चाउचाउ चढाइन्छ

मन्दिरमा प्रसादको रुपमा दूध, मिठाई, फलफूल आदि चढाइन्छ । तर भारतको पश्चिम बंगालको टेंगरा इलाकामा ‘चाइनिज काली’ नामक मन्दिर छ जहाँ प्रसादको रुपमा चाउचाउ चढाइन्छ । उक्त मन्दिरमा काली मातालाई प्रसादको रुपमा भक्तजनले चाउचाउ चढाउँछन् ।

उक्त मन्दिरमा हिन्दूसँगै ठूलो संख्यामा चिनियाँ र बौद्ध धर्माबलम्बीसमेत पूजा आराधनाका लागि आउँछन् । किम्वदन्ती अनुसार ६० वर्ष पहिले त्यहाँ कुनै भक्तले दुईवटा काला पत्थरमा सिन्दुर लगाएर रुखको फेँदमा राखेर त्यसको पूजा गरेका थिए । सोही ठाउँमा पछि मन्दिर बनाइयो ।

उक्त मन्दिरको परिसरमा हातले तयार गरिएका कागजहरु जलाइन्छ । यसो गर्दा प्रेतात्माहरु टाढा भाग्ने आम जनविश्वास छ । उक्त चाइनिज काली माताको मन्दिर भएको क्षेत्रलाई ‘चाइना टाउन’ पनि भनिन्छ ।

Related Articles

Back to top button
Close