News

लाग्यो वर्षकै अन्तिम तथा खण्डग्रास सूर्यग्रहण ! यी ४ राशीको चम्किनेछ भाग्य

आज वर्षकै अन्तिम तथा खण्डग्रास सूर्यग्रहण लागेको छ । बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जर्भेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिका निमित्त कार्यकारी निर्देशक डा सनतकुमार शर्माका अनुसार आजको सूर्यग्रहण विरलै मात्र देखिने निकै दुर्लभ हो ।

सूर्य ग्रहण बिहान साढे बजे सुरु भइसकेको छ । नेपालमा ८ः३३ बजे महेन्द्रनगरबाट सुरू भएको सो ग्रहण ८ः४८ मिनेटमा भद्रपुरबाट सूर्यग्रहण देखिएको र काठमाडौँमा भने ८ः४३ बजे देखिएको डा. शर्माको भनाइ छ ।

डा. शर्माका अनुसार आजको खण्डग्रास सूर्यग्रहण दुर्लभ हुनुको कारण भने यस समयमा चन्द्रमा पृथ्वीभन्दा निकै टाढा रहेकोले हो । यस अवस्थामा चन्द्रमाले सूर्यलाई पूरा नभई आधाजति मात्र ढाक्छ र चुराजस्तो आकारमा सूर्यको बाहिरी घेरा मात्र देखिन्छ । कालो चश्माबाट हेर्दा त्यो सुनको बालाजस्तो देखिन्छ तर बीचको भाग भने केही देखिँदैन ।

चार राशीलाई फाइदा

आजको ग्रहणका वेला मुख्यतया ४ राशिको भाग्य चम्कने योग रहेको ज्योतिषीहरुको मत छ । अन्य केही राशिलाई औसत र धेरैलाई अशुभ रहेको छ । ज्योतिषीय मतानुसार सूर्यग्रहणको प्रभावले लाभ हुने ४ राशीका व्यक्तिको जीवनमा निम्नानुसार प्रभाव पर्नेछ ।

कर्कट राशि : आजको खण्डग्रास सूर्य ग्रहणको प्रभावले कर्कट राशीका जातकलाई शुभ फल मिल्नेछ, शुभ सन्देश दिनेछ । यस राशीका जातकले ग्रहण अवधिभर धैर्यता राखे र कोहीसँग नबोलेमा लामो समयदेखि थालेको काममा सफलता मिल्नेछ ।

तुला राशी : यस पटकको खण्डग्रास सूर्यग्रहण तुला राशीका जातकका लागि कुनै वरदानसरह साबित हुनेछ । यस राशीका व्यक्तिलाई ग्रहणको प्रभावले धन प्राप्तीको योग बनाउने तथा श्रीसम्पत्ति हात पर्ने योग छ । ग्रहण अवधिभरि भगवानको ध्यान गरेमा सोचेको हरेक कुरा पूरा हुनेछ ।

कुम्भ राशी : कुम्भ राशिका जातकका लागि यसपटकको सूर्य ग्रहणले शुभ कार्यको थालनी गराउनेछ । आफ्नो योजना अरुलाई नभनी आफ्ना अभिभावकलाई ग्रहण अवधिभित्रै सुनाएमा त्यसले मनोवाञ्छित फल दिने र मन प्रसन्न हुनेछ ।

मीन राशी : मीन राशिका व्यक्तिका लागि पनि यस पटकको खण्डग्रास सुर्यग्रहण धनयोग बनाउने तथा शुभ फल दिने खालको छ । ठुलो धन हात पार्ने, गुप्त धन फेला पार्ने तथा गुमेको स्थानबाट पनि धन फर्काउने सम्भावना रहेको छ ।

Related Articles

Back to top button
Close