News

बिहीबार खण्डग्रास सूर्यग्रहण, कुन-कुन राशिलाई के-कस्तो फल?

बिहीबार बिहान खण्डग्रास सूर्यग्रहण परेको छ। ग्र’हण बिहान ८ः४२ बजेदेखि ११ः३१ बजेसम्म देख्‍न सकिनेछ।

सूर्य र पृथ्वीको बीचमा चन्द्रमा पर्दा सूर्य आंशिक रूपमा मात्र देखिने हुनाले यसलाई खण्डग्रास सूर्यग्र’हण भनिएको हो।

ग्रहणको स्पर्शकाल बिहान ८ः४२ बजेबाट सुरु हुँदै छ भने यो ग्र’हण जम्मा २ घण्टा ४९ मिनेटसम्म रहनेछ। ग्रहणको मध्य काल बिहान १० बजेर १ मिनेटमा रहेको छ, यस समय सूर्यको सबैभन्दा बढी भाग चन्द्रमाले छेक्नेछ।

ग्र’हणभन्दा १२ घण्टाअघि अर्थात् बुधबार बेलुकी ८ः४२ देखि भोजन निषेध गरिन्छ। बालक, वृद्ध र आतुरहरूबाहेक अन्यले भोजन गर्न नहुने शास्त्रीय मान्यता छ।

राशिअनुसार ग्रहणको फल

तपाईंको राशिअनुसार प्रत्येक ग्रहणमा फल प्राप्त हुने ज्योतिषीय मान्यता छ।

बिहीबारको खण्डग्रास सूर्यग्रहण विशेषतः तुला, मकर, कुम्भ र मीन राशिका लागि लाभदायक छ भने अन्य राशिका लागि क’ष्टपूर्ण रहनेछ।

Related Articles

Back to top button
Close