News

गायक रामकृष्ण ढकालको स म्बन्ध बि च्छेद, छोरी भने आमासँगै बस्ने

काठमाडौं – लोकप्रीय गायक रामकृष्ण ढकाल र उनकी पत्नी निलम शाह ढकालले स म्बन्ध बि च्छेद गरेका छन् । उनीहरुबीच बुधबार जिल्ला अदालत काठमाडौंमा स म्बन्ध बि च्छेद भएको हो ।

ढकाल दम्पत्तिले मंगलबार जिल्ला अदालत काठमाडौंमा सम्बन्ध बिच्छेदका लागि मुद्दा दर्ता गराएका थिए । दुवैको सहमति बमोजिम सम्बन्ध बिच्छेद भएको जनाइएको छ ।

उनीहरूबीच सम्बन्धविच्छेद भएपछि छोरी भने आमासँगै बस्ने भएकी छिन्। निलमले रामकृष्णबाट कुनै पनि अंश वा सेवा सुविधा नलिने भएकी छिन्।

रामकृष्ण र निलमबीच एक दशकअघि प्रेम विवाह भएको थियो । गायक ढकाल पछिल्लो समय ऋणमा डुबेका थिए।

Related Articles

Back to top button
Close