News

उपराष्ट्रपतिद्वारा करकाप र प्रलोभनमा पारेर धर्म परिवर्तन नगराउन सबैमा आग्रह

उपराष्ट्रपति नन्दबहादुर पुनले करकाप र प्रलोभनमा पारेर धर्म परिवर्तन नगराउन सबैमा आग्रह गरेका छन् । पछिल्लो समयदेखि क्रिश्चियन धर्मालम्बीमाथि आफ्नो धर्ममा तान्न नागरिकहरूलाई प्रलोभन देखाउने गरेको आरोप लाग्दै आइरहेकाे छ । यसैतर्फ संकेत गर्दै उपराष्ट्रपति पुनले त्यसो नगर्न आग्रह गरेका छन् ।

संविधानले सबै प्रकारका धर्म संंस्कृतिप्रति आस्था राख्न र त्यसको संरक्षण एवं सम्बद्र्धन गर्न पाउने अधिकार दिएकाले त्यसको मर्म विपरीत उभिन नहुने उपराष्ट्र पुनको तर्क छ । ‘क्रिसमस डे’ का अवसरमा देश–विदेशमा रहेका नेपालीलाई शुभकामना दिँदै उपराष्ट्रपति पुनले कसैलाई करकाप वा प्रलोभनमा पारी धर्म परिवर्तन गर्न वा गराउने काम नगरौं भनेका छन् ।

विविधतायुक्त धार्मिक एवं सांस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राख्दै राष्ट्रिय एकतालाई मजबुत बनाउन महत्वपूर्ण योगदान दिँदै आएको पनि उपराष्ट्रपति पुनले आफ्नो सन्देशमा उल्लेख गरेका छन् । यसले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा हुनेगरी प्रगति पथमा अघि बढ्न ऊर्जा प्रदान गर्ने विश्वास पनि उनले व्यक्त गरेका छन् ।

Related Articles

Back to top button
Close