News

ट्राफिक नियम बिपरित सामान्य कसुरमा पनि ५ हजार रुपैयाँ जरिवाना

यातायात व्यवस्था विभागले ट्राफिक नियम उल्लंघन गर्नेलाई ५ हजार रुपैयाँ जरिवाना गर्ने प्रस्ताव गरेको छ। संघीय सवारी तथा यातायात व्यवस्था ऐनको मस्यौदामा यो कुरा उल्लेख गरिएको विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिएका छन्।

विभागले संघीय सवारी तथा यातायात व्यवस्था ऐनको सन्दर्भमा सातै प्रदेशका मन्त्रालयका सचिव र विभागीय मन्त्रीहरूसँग यही १३ र १४ गते काठमाडौंमा छलफल गर्दैछ। संसदले अनुमोदन गरेपछि ऐन लागू हुन्छ। यो ऐन लागू भए लेनक्रस, ओभर स्पिड, जिकज्याक लगायतका सामान्य कसुरमा ५ हजार जरिवाना लगाउन पाउनेछ।

अहिले ट्राफिक नियम उल्लंघन गरे ट्राफिक प्रहरीले कसुर हेरेर ५ सय देखि १५ सयसम्म जरिवाना लिने गरेको छ। ट्याक्सीको लागि ‘हाउमच’ अभियानमा भने ट्राफिकलाई ३ हजारसम्मको जरिवाना लिन अधिकार दिइएको छ।

Related Articles

Back to top button
Close