News

मलेसियामा सेक्युरिटी गार्ड काम गर्ने नेपाली युवाको दु:खद नि’धन ! उनको आ’त्माले शान्ति पाओस

मलेसियामा केही समय यता नेपाली श्रमिक कामदारको सुतेकै अवस्थामा मृ’त्यु हुने संख्या बढेको देखिन्छ । केही साता अगाडी मात्रै तीन दिन भित्रमा ६ जना नेपाली श्रमिकको ज्या’न गएको थियो । यस्तै घटनाहरुको खबर सेलाउन नपाउदै पुनः एक सेक्युरिटी कम्पनीमा कार्यरत एक नेपाली कामदारको नि’धन भएको छ ।

मलेसियाको ”ईजा फोर्स” नामक सेक्युरिटी कम्पनीमा कार्यरत नेपाल ठेगाना झापा जिल्ला निवासी प्रदिप कुमार दासको मंगलबार बिहान सुतेकै अवस्थामा नि’धन भएको सोही कम्पनीमा संगै काम गर्ने, बस्ने एक नेपाली कामदारले समाचार भित्र आफ्नो परिचय नखुलाउने सर्तमा जानकारी गराएका छन्।

यता घ’टना बारे मृ’तक प्रदिप कार्यरत कम्पनीसंग यस बिषयमा बुझ्दा सोमबार राती खाना खाएर कानमा ईयरफोन लगाएर सुतेका प्रदिपलाई बिहान उनका साथीहरुले ड्युटी जान उठाउन खोज्दा मृ’त फेला परेका हुन, हाल उनको मृ’त शरीरलाई पो’स्टमा’र्टमको लागी स्थानीय अस्पतालमा लगिएको बताईएको छ ।

साथै, कम्पनी क्ष्रोतका अनुसार यस घ’टना बारे नेपालमा रहेको उनको परिवारलाई समेत जानकारी गराईसकेको बताए । प्रदिप बिगत डेढ बर्ष देखि मलेसियाको सुबाङजाया भन्नने ठाँउमा सेक्युरिटी गार्डमा कार्यरत रहेका थिए ।

Related Articles

Back to top button
Close