News

धरहरा पुनर्निर्माणमा तीव्रता, अर्को वर्ष चड्न पाईने

२०७२ वैशाख १२ को भूकम्पले भत्काएको धरहरा निर्माणको काम धमाधम भइरहेको छ । भूकम्प गएको चार वर्षपछि धरहरा पुननिर्माणको कामले तिब्रता पाएको हो । निर्माणको जिम्मा जिआइइटिसी–रमन जेभीले लिएको छ ।

जमिनमुनीको काम सकिएसँगै धरहरा निर्माणको काम देखिनेगरी भइराखेको छ । अहिलेसम्म धरहराको तीन तला निर्माण भइसकेको छ । पुननिर्माण प्राधिकरणले करिब १५ दिनमै अब चौथो तला बन्ने छ । २९ रोपनी क्षेत्रफलमा फैलिने धरहरा बाहिरबाट हेर्दा पुरानै डिजाइनको देखिने छ।

प्राधिकरणका अनुसार बाहिरदेखि हेर्दा ११ तलाको हुने धरहरा २२ तलाको हुनेछ । १९९० सालको भूकम्पले ११ तलाको धरहरा भत्काएपछि ९ तलामा सीमित थियो । त्यो ९ तला २०७२ को भूकम्पले भत्काएपछि अहिले पुनर्निर्माणको काम अगाडि बढाइएको हो ।

Related Articles

Back to top button
Close