News

पाकिस्तानी सेना प्रमुख भन्छन : कश्मीर हाम्रो मुटु हो यसका लागि अब भारतसँग अन्तिम ल’डाँई गर्छौ !

काठमाडौं । पछिल्ला दिनहरुमा भारत र पाकिस्तानबीच त’नाब बढ्दै गइरहेको छ । भारतले हालै जारी गरेको नयाँ नागरिकता का’नुनले गर्दा त’नाबलाई उच्च तहमा पुर्याएको छ । यो बीचमा भारतीय सेना प्रमुख विपीन राउतले सीमा क्षेत्रमा आफुहरु तयार भएर बसेको बताएका थिए ।

यसको जवाफमा पाकिस्तानी सेनाले यो दुःखद भएको भन्दै यसले एशिया क्षेत्रमा अ’शान्ति हुने बताएको थियो । अहिले पाकिस्तानका सेना प्रमुख जनरल कमर जावेद बाजवाले कश्मीरको मु’द्दामा कुनै पनि सम्झौता नगर्ने भनेका छन् । उनले भने, ‘हामी हाम्रो मातृभूमिलाई बचाउन कुनै पनि हिम्मत वा ष’डयन्त्रलाई असफल गर्न सक्षम छौं र पूर्ण रूपमा तयार छौं ।’

सोमबार बाजवा पाकिस्तानको क’ब्जा रहेको कश्मीरको राजधानी मुजफ्फराबादको सैन्य अस्पताल पुगेका थिए । सैनिकहरूलाई सम्बोधन गर्दै उनले भने, ‘हामी कश्मीरको मु’द्दामा शान्ति चाहन्छौं तर यसलाई हाम्रो क’मजोरी ठान्दैनौं ।’ भारतले जम्मू कश्मीरबाट धारा ३७० हटाएपछि दुवै देशबीच त’नाव बढेको छ । यस कदमबाट दुःखी भएपछि पाकिस्तानले कू’टनी’तिक सम्बन्ध घटाउँदै भारतीय उच्चायुक्तलाई फिर्ता पठायो ।

यो भन्दा पहिले पाकिस्तानी, विदेशमन्त्री शाह महमूद कु’रैशी, प्रधानमन्त्री इमरान खान, डीजी आईएसपीआर जनरल आसिफ गफूरले भारतले पाकिस्तानमाथि आ’क्रमणको तयारी गरिरहेको बयान दिएका थिए । अहिले पाकिस्तानको पक्षमा टर्की, मलेशिया, चीन र इरान ख’डा भएका छन् ।

Related Articles

Back to top button
Close