News

१५ दिन भित्र कर नबुझाए एनसेललाई कारवाही गर्ने सरकारको चेतावनी

बारम्बार कर बुझाउन अटेर गर्दै आएको निजी क्षेत्रको सञ्चार प्रदायक संस्था एनसेललाई सरकारले चेतावनीपूर्ण पत्र काटेको छ । बाह्रौं पटकको बिक्रीमा ठूला करदाता कार्यालयले निर्धारण गरको पूँजीगत लाभांश कर नबुझाएपछि सरकारले एनसेललाई चेतावनीपूर्ण पत्र काटेको हो ।

१५ दिनभित्र कर बुझाउन ताकेता गर्दै नबुझाए कारबाही प्रक्रिया अघि बढाउने पत्रमा उल्लेख गरिएको छ । ठूला करदाता कार्यालयले एनसेललाई २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ कर निर्धारण गरिसकेको छ । १५ दिनभित्र नबुझाए आयकर ऐन, २०५८ को दफा १०४ देखि १०९ मा व्यवस्था गरिए बमोजिम कारबाहीका लागि बाध्य हुने पनि पत्रमा उल्लेख गरिएको छ ।

ऐनको यी २ दफामा कर असुल हुन नसके कारोबार रोक्का गर्ने, आयात–निर्यात गर्न नदिने र सम्पत्ति जफत गर्नेसम्मको अधिकारको व्यवस्था गरिएको छ । एनसेलको अन्तर्राष्ट्रिय मध्यस्थकर्ताले नेपाल सरकारलाई तत्काल कर असुल नगर्नू भन्ने आदेश दिइसकेकाले एनसेलले कर बुझाउन नआएको हुन सक्ने अनुमान पनि गरिएको छ ।

तर, कुनै पनि निकायबाट कर असुल नगर्नू भन्ने पत्र नआएकोले असुलीको काम सुरु गरिएको ठूला करदाता कार्यालयको भनाइ छ । ठूला करदाता कार्यालयले एनसेललाई कर तिर्न १५ दिनको समय दिएर गत मंसिर २० मा पत्राचार गरेको थियो । उक्त पत्रमा दिइएको म्याद गत शुक्रबार सकिएको छ ।

बारम्बार कर बुझाउन अटेर गर्दै आएको निजी क्षेत्रको सञ्चार प्रदायक संस्था एनसेललाई सरकारले चेतावनीपूर्ण पत्र काटेको छ ।

बाह्रौं पटकको बिक्रीमा ठूला करदाता कार्यालयले निर्धारण गरको पूँजीगत लाभांश कर नबुझाएपछि सरकारले एनसेललाई चेतावनीपूर्ण पत्र काटेको हो ।

१५ दिनभित्र कर बुझाउन ताकेता गर्दै नबुझाए कारबाही प्रक्रिया अघि बढाउने पत्रमा उल्लेख गरिएको छ । ठूला करदाता कार्यालयले एनसेललाई २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ कर निर्धारण गरिसकेको छ ।

१५ दिनभित्र नबुझाए आयकर ऐन, २०५८ को दफा १०४ देखि १०९ मा व्यवस्था गरिए बमोजिम कारबाहीका लागि बाध्य हुने पनि पत्रमा उल्लेख गरिएको छ । ऐनको यी २ दफामा कर असुल हुन नसके कारोबार रोक्का गर्ने, आयात–निर्यात गर्न नदिने र सम्पत्ति जफत गर्नेसम्मको अधिकारको व्यवस्था गरिएको छ ।

एनसेलको अन्तर्राष्ट्रिय मध्यस्थकर्ताले नेपाल सरकारलाई तत्काल कर असुल नगर्नू भन्ने आदेश दिइसकेकाले एनसेलले कर बुझाउन नआएको हुन सक्ने अनुमान पनि गरिएको छ । तर कुनै पनि निकायबाट कर असुल नगर्नू भन्ने पत्र नआएकोले असुलीको काम सुरु गरिएको ठूला करदाता कार्यालयको भनाइ छ ।

ठूला करदाता कार्यालयले एनसेललाई कर तिर्न १५ दिनको समय दिएर गत मंसिर २० मा पत्राचार गरेको थियो । उक्त पत्रमा दिइएको म्याद गत शुक्रबार सकिएको छ ।

Related Articles

Back to top button
Close