News

शंकास्पद घरमा प्रहरीको छापा ! बैंक ह्या’क गर्ने अर्को ‘चिनियाँ गिरोह’ प’क्राउ

प्रहरीले काठमाडौंको महाराजगञ्ज–बाँसबारी क्षेत्रको एउटा घरमा खानतलासी गरी केही व्यक्तिलाई नियन्त्रणमा लिएको छ । बाँसबारीस्थित होटल साम्बला नजिकको एउटा शंकास्पद घरमा खानतलासी गरी केही व्यक्तिलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंको विशेष टोलीले बाँसबारीको साम्बला होटेल नजिकै रहेको एउटा शंकास्पद घरमा खानतलासी गरेको हो । घरबाट कम्तिमा ४ जना व्यक्तिलाई नियन्त्रणमा लिइएको प्रहरी स्रोतको भनाइ छ । प्रहरी स्रोतका अनुसार प’क्राउ परेका व्यक्तिहरु चिनियाँ नागरिकहरु हुन् । उनीहरु काठमाडौंका केही बैंकहरु ह्याकिङ गर्ने अर्को योजनामा संलग्न रहेको देखिएपछि प’क्राउ गरिएको प्रहरीको भनाइ छ ।

प्रहरीले गत असोज महिनामा मात्रै नेपाली बैंकका एटीएम ह्या’क गरी रकम लु’टिरहेको अवस्थामा केही चिनियाँहरुलाई प’क्राउ गरेको थियो । एटीएम ह्या’क गरी रकम लु’टपा’टमा संलग्न चिनियाँहरु अहिले बैंकिङ कसुर तथा संगठीत अ’पराध अन्तर्गत मु’द्दाको पुर्पक्षका लागि जे’लमा छन् ।

Related Articles

Back to top button
Close