News

‘काठमाडौंले धान्दैन, निजगढमा विमानस्थल अत्यावश्यक छ’ : पर्यटनमन्त्री भट्टराई

आज (सोमबार) नेपाल भ्रमण वर्षका सन्दर्भमा बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिसँगको छलफलका क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले त्रिभुवन विमानस्थलले हवाई चाप धान्न नसक्ने भन्दै निजगढ विमानस्थल अत्यावश्यक रहेको बताएका छन् । उनले भैरहवा र पोखरा विमानस्थलले काठमाडौंको विकल्प नदिने भन्दै निजगढ अत्यावश्यक रहेको बताएका हुन् ।

सर्वोच्च अदालतले निजगढ विमानस्थलमा रुख नकाट्न अन्तरिम आदेश जारि गरेको भोलिपल्ट मन्त्री भट्टराईले उक्त विमानस्थलको महत्वबारे बोलेका हुन् । सरकारले पर्यटन पूर्वाधारलाई प्राथमिकता राखेको भन्दै हवाइ पूर्वाधारबिना पर्यटक आगमन बढाउन नसकिने मन्त्री भट्टराईले उल्लेख गरेका छन् । उनले बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिलाई भ्रमण वर्षमा सक्रिय सहभागी हुन आह्वान गरेका छन् ।

पर्यटन सचिव केदारबहादुर अधिकारीले बैंक तथा वित्तीय संस्थाले शौचालय निर्माण, सरसफाइ जस्ता अभियानमा सहयोग गर्न आग्रह गरेका छन् । बैङ्कर्स संघका अध्यक्ष भुवन दाहालले संघमा सल्लाह गरेर भ्रमण वर्षको सहभागिता सम्बन्धमा ठोस कार्यक्रम ल्याउन सकिने बताएका छन् ।

Related Articles

Back to top button
Close