News

सरकारी जग्गाको पहिचान गर्नुस् त्यसमा सरकारले झण्डा गाड्छ : मन्त्री अर्याल

चितवन। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमान्त्री पद्माकुमारी अर्यालले सरकारी तथा सार्वजनिक जग्गाको पहिचान गरेर संरक्षण गर्न आग्रह गर्नुभएको छ । चितवनस्थित रत्ननगर नगरपालिकाले शनिबार रत्नगनगरमा आयोजना गरेको सरकारी तथा सार्वजनिक जग्गा संरक्षणसम्बन्धी कार्यक्रममा बोल्दै मन्त्री अर्यालले त्यस्तो बताउनुभएको हो ।

सरकारी तथा सार्वजनिक जग्गा अति क्रमण तथा दोहनको व्यापक गु नासो आइरहेका बेला जग्गा संरक्षणको अभियान थालेको छ । सोही सन्दर्भमा रत्न्नगर नगरपालिकाले सरकारी तथा सार्वजनिक जग्गा संरक्षणका सन्दर्भमा मन्त्रीको उपस्थितिमा छलफल कार्यक्रमको आयोजना गरेको हो ।

त्यस अवसरमा मन्त्री अर्यालले सरकारले देशैभरका सरकारी तथा सार्वजनिक जग्गा संरक्षणको अभियान थालेको बताउनुभयो ।

Related Articles

Back to top button
Close