News

चर्चित गीत ‘छेक्यो छेक्यो’ का सर्जक शुक गुरुङको नि’धन

चर्चित गीत ‘छेक्यो छेक्यो’ का गीतकार शुक गुरुङको नि’धन भएको छ। गुरुङ लामो समयदेखि मृगौलाको रोगबाट पीडित थिए । गुरुङको नि’धनप्रति गायक अमृत गुरुङले श्रद्धाञ्जली व्यक्ति गर्दै ट्विट गरेका छन् ।

अमृतले लेखेका छन्, ‘गत अगस्त २६, मा संगीतकार शुक गुरुंगसँग भएको भेट नै हामीबीचको अन्तिम भेट लेखिएको रहेछ। शुकजीले नेपथ्यको प्रारम्भकालमा ‘छेक्यो छेक्यो’ गीत दिएर हामीलाई ठूलो गुण लगाएका थिए। उनको मृ’त्युको खबरले म दु:खी छु। उनको आ’त्माको चीर शान्तीको कामना गर्दछु ।’

यो पनि पढ्नुस

कैलालीको टीकापुर नगरपालिका-७ कालाकुण्डाको मोहना नदीमा निर्माण भइरहेको तटबन्ध भारतीय सीमा सुरक्षा बलले रोकेको छ। राष्ट्रिय गौरवको रानी, जमरा, कुलरिया कुला सिचाईं आयोजनाले मोहना नदीमा निर्माण गरिरहेको तटबन्ध भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले रोकेको हो।

भारतीय सीमा सुरक्षा बलले उक्त तटबन्ध भारतीय क्षेत्रमा परेको भन्दै निर्माण कार्यमा रोक लगाएको हो। आयोजनाले उक्त क्षेत्रमा ७ सय ५० मिटर तटबन्ध गर्न रमन स्काई जे.भी. निर्माण कम्पनीसँग सम्झौता गरेको थियो। निर्माण कम्पनीले सो क्षेत्रमा तटबन्ध निर्माण गरिरहेको छ।

कम्पनीका प्रतिनिधि धिरेन्द्र शाहीले भारतीय सीमा सुरक्षा बलले भारतीय सीमा क्षेत्र पर्ने भएकाले निर्माण कार्यमा रोक लगाएको बताए। भारतीय पक्षले निर्माण रोके झण्डै ५० मिटर बढी क्षेत्रमा निर्माण कार्य प्रभावित हुनेछ।

टीकापुर नगरपालिका-७ का अध्यक्ष रामलाल डगौंरा थारुले कालाकुण्डा प्रहरी चौकीको ठीक अगाडि मोहना नदीमा निर्माण भइरहेको तटबन्ध भारतीय पक्षले रोकेको बताए। अध्यक्ष थारुका अनुसार सो क्षेत्र नेपाल भारत सीमा स्तम्भ नं. १०७ देखि १०९ सम्म पर्छ। ‘१०७ नम्बर पिल्लर नेपालतर्फ छ, १०९ भारततर्फ पर्छ’, थारुले भने, ‘१०८ नम्बर पिल्लर मोहना नदीमा परेका कारण पनि भारतले सो क्षेत्रलाई आफ्नो भन्दै निर्माण कार्य रोकेको हो।’

केही वर्ष पहिलेदेखि १०९ नम्बर पिल्लर नदीले बगाएको थियो। भारतले १०७ नम्बर पिल्लर र १०९ नम्बर पिल्लरको सिधै आफ्नो क्षेत्र भएको दावी गरिरहेको छ भने नेपालले १०८ नम्बर पिल्लरको खोजी गरेर मात्रै सीमा तोक्नुपर्ने दावी गर्दै आएको छ।

रानी, जमरा, कुलरिया सिचाईं आयोजनाका प्रमुख मोहनकुमार शाक्यले भारतीय पक्षले तटबन्ध निर्माणमा रोक लगाएको बताए। सो क्षेत्रमा लामो समयदेखि मोहना नदीले धार परिवर्तन गर्ने र सीमा स्तम्भ बगाउने गरेका कारण पनि सीमा विवाद हुँदै आएको छ।

Related Articles

Back to top button
Close