News

जब मन्त्रि नेम्बाङ सुटुक्क आफ्नो नीजि नम्बर प्लेटको गाडी आफै ड्राइभ गरेर छड्के अनुगमनमा पुग्दा (तस्विरसहित)

काठमाण्डौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङले सडक मर्मत कार्यको छड्के अनुगमन गरेका छन् । काठमाडौंको माइतीघरबाट तीनकुनेसम्म मर्मत भईरहेका सडकको शनिबार अनुगमन गरेका हुन्। मन्त्री नेम्बाङ आफ्नो नीजि नम्बर प्लेटको गाडी आफै ड्राइभ गरेर अनुगमनमा सुटुक्क निस्किए । दिउँसो ४ः १५ बजे नयाँ बानेश्वर, मीनभवनलगायतका ठाउँमा सडक मर्मत भइरहेको स्थानमा उनकोे सेतो गाडी रोकियो ।

जहाँ ट्राफिक डाइभर्सनका लागि डोरी टाँगिएका थिए । डोरी टाँगिएकै अगाडी प्राइभेट नम्बरको गाडी रोकिएपछि एकछिन त सडक निर्माणमा खटिएका कर्मचारीहरु अलमलमा परे । जब ती कर्मचारीले विभागीय मन्त्री नै अनुगमनमा आएको थाहा पाए हत्तपत्त डोरि खोलियो । नेम्बाङ गाडीबाट ओर्लिएर सडक मर्मत भइरहेको स्थानमा सुक्ष्म अवलोकन गर्नुका साथै निर्माणमा खटिएका कर्मचारीबाट जानकारी समेत लिए । जहाँ विछ्याइएको अस्फाल्टको परीक्षण समेत गरियो ।

निर्माणमा खटिएकी इन्जिनियर सजना अधिकारीले अस्फाल्टको तह चार सेन्टिमिटर हुने तर अहिले रोलरले नथिचिएकाले छ सेन्टिमिटर रहेको जानकारी गराइन् । अघिलो शनिबारदेखि यो सडक खण्डको आवधिक मर्मत कार्य भइरहेको छ । ट्राफिक चापका कारण शनिबार–शनिबार मात्र काम भइरहेको र आउँदो शनिबार निर्माण कार्य सक्ने लक्ष्य राखिएको इन्जिनियर अधिकारीले जानकारी दिइन् ।

त्यस्तै मन्त्री नेम्बाङले लाखौ सेवाग्राहीले समस्या झेलिरहनु परेको स्मार्ट लाइसेन्स छपाईको समेत छड्के अनुगमन गरेका छन् । यातायात व्यवस्था विभाग पुगेर स्मार्ट लाइसेन्स छाप्नका निम्ति सञ्चालनमा लिइएको मास प्रिन्टको वस्तुस्थिति बारे उनले जानकारी लिए । ट्रायल पास गरेर एक बर्षसम्म लाइसेन्स नपाउने अवस्थाको अन्त्य गरि सहज रुपमा लाइसेन्स वितरण गर्न उनले पहल थालेका छन् ।

अहिले सञ्चालनमा आएको उक्त मास प्रिन्टले दैनिक दश हजार प्रिन्ट गर्छ । यस मेसिनले प्रभावकारी रुपमा काम गरे लाइसेन्सको समस्या चार महिनामा समाधान हुनेछ । ट्रायल पास गरेका करिव ८ लाखले लाइसेन्स पाएका छैनन् ।

अनुगमन गर्दै गरेका केहि तस्विर तल हेर्नुहोस :

Related Articles

Back to top button
Close