Video

रविको भिसा नलाग्दा खुशी थिईन रन्जना, रविलाई म्यासेजमा लेखेको प्रमाण देखाउँदै रञ्जनाको ससुरा (भिडियो सहित)

काठमाडौं । रवि रुवालिको वुवा रञ्जनाले आफ्ना छोरालाई लेखेको म्यासेज देखाउँदै मिडियामा आएका छन् । अदालत र मिडियामा रञ्जनाले गलत बोलेको भन्दै रविका बुवा प्रमाण सहित मिडियामा आएका हुन् । उनले यस्तो सवाल जवाफ गर्ने चाहना नहुँदा नहुँदै पनि रञ्जनाले गलत बोलेका कारण आफु मिडियामा आउनु परेको बताएका छन् ।

रञ्जनाले आफु कहाँ बसेको हो भन्ने कुरा परिवारलाई जानकारी गराएको बताएकी थिइन् । तर ससुराले त्यो कुरा होइन भनेका छन् । उनले अष्ट्रेलियामा बुहारी कहाँ बसेकी छन् भन्ने कुरा आफन्तले खोज्दा पनि पत्ता नलागेको बताए । रञ्जनाले रविको अष्ट्रेलिया जाने भिषा नलागेपछि आफुसंग टाढिदै जान थालेको बताएकी थिइन् । रञ्जनाको त्यो कुरा पनि होइन भन्दै उनका ससुराले रञ्जनाले नै रविलाई अष्ट्रेलिया लैजान नचाहेको बताए । उनले रञ्जनाले लेखेको म्यासेज देखाउँदै भने, रविले मेरो भिषा किन लागेन बेबी भनेर सोध्दा रञ्जनाले मैले भगवानलाई तेरो भिषा नलागोस् भनेर पुकारा गरेकी थिए त्यही भएर नलागेको हो । तेरो भिषा नलागेकोमा म खुसी छु भनेर रविलाई लेखेकी छन् ।

उनले आफ्नो छोराको भविष्यका लागि रञ्जनालाई छोरी बनाएर पढाएको बताए । उनले छोरा नपढाएर बुहारीलाई छोरी बनाएर पढाउँदा आफुले अ न्याय सहन परेको प्रतिकृया दिए । उनले अहिले रञ्जनाको बारेमा बोल्न पर्दा पनि आफुलाई पी डा भएको बताए । बुहारीले गरेको तिरस्कारका कारण छोराले जिवन गुमाएको बताए ।

रञ्जनाले सासु ससुरालाई जानकारी दिएर अष्ट्रेलयामा कोठा सरेको, देवरको विवाहमा नआएकी उनी आफ्नो दिदीको विवाहमा आउँदा पनि जानकारी दिएको भन्ने कुराको पनि ससुराले जवाफ दिएका छन् । अदालतमा आफ्नो अगाडी नै त्यसरी गलत बोलेकी रञ्जनाले मिडिया सामु पनि गलत बोलेको बताए । रञ्जनाले श्रीमानसंग राम्रो सम्बन्ध थियो भनेर बताएको कुरामा पनि ससुराले खण्डन गरेका छन् । उनले दिदीको विवाहमा तीन वर्ष पछि भेटिएको आफ्ना श्रीमानसंग एउटा पनि फोटो किन छैन रु उनले प्रति प्रश्न गरे रञ्जनाको मोवाइलमा एउटा पनि फोटो किन छैन र

मन्त्री नेम्वाङद्वारा सडक अनुगमन

काठमाडौं । सरकारले काठमाडौँ उपत्यकाको सडकको खाल्डाखुल्डी पुर्ने काम तीव्ररुपमा अघि बढाएसँगै भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले आज नयाँ बानेश्वरदेखि तीनकुनेसम्मको सडक अनुगमन गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका विकास व्यवस्थापन विज्ञ गजेन्द्र थपलियासँगै उनले आफैँले आफ्नो निजी सवारीसाधन चलाएर अनुगमन गरेका हुन् ।

मन्त्री नेम्वाङले केही समय पहिलेदेखि यातायात व्यवस्था विभागले सञ्चालन गरिरहेको ‘मास प्रिन्टर’ को समेत निरीक्षण गरेका हुन् । उनले मास प्रिन्टरको क्षमताका बारेमा त्यहाँ कार्यरत कम्युटर अपरेटर उपेन्द्रप्रसाद चौधरीसँग जानकारीसमेत लिएको उनको सचिवालयले जनाएको छ । मन्त्री नेम्वाङले विभागमा छाप्न बाँकी रहेका झण्डै आठ लाख चालक अनुमतिपत्र चालू आर्थिक वर्षभित्रै छपाई गरिसक्ने बताएका छन् ।
बानेश्वरदेखि तीनकुनेसम्म विभिन्न स्थानमा डिभिजन सडक कार्यालयले खाल्डाखुल्डी पुर्ने काम गरिरहेका स्थानमा उनले अनुगमन गरे । आवधिक मर्मतअन्तर्गत सो सडकमा ‘ओभरल्यापिङ’ को काम भइरहेको छ । मन्त्री नेम्वाङले निर्माणस्थलमा पुगेर कामको गुणस्तर हेर्दै चाँडो सम्पन्न गर्न निर्देशन दिए । केही समयदेखि सडक विभागले काठमाडौँ उपत्यकालगायत देशभरका सडकमा खाल्डाखुल्डी पुर्ने काम तीव्र बनाएको छ ।

Related Articles

Back to top button
Close