Video

कमेडी च्याम्पियनमा भद्दा मजाक गर्दै लास्टै उडाइयो, हद पार गरेको भन्दै रिसाइन् श्रीमती एलिजा, ऋषिले पनि श्रीमतीकै अगाडी यस्तो जवाफ (भिडियो)

काठमाडौं–नेपालकै पहिलो कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ शुरु भइसकेको छ। फिजिकल अडिसनबाट छनोट भएका २४ प्रतिस्प्रर्धीले आफूलाई टप १० मा स्थन बनाउनको लागि अहिले प्रस्तुति दिइरहेका छन्।सोमबार ग्राण्ड प्रिमियर भन्दै शुरु भएको ‘कमेडी च्याम्पियन’ को दुई भाग प्रशारण भैसकेको छ।

कान्तिपुर टेलिभिजनबाट यो शो प्रशारण हुँदै आएको छ। दुई भागमा आएका दर्शक प्रतिक्रिया भने मिश्रित छन्। कसैले यो शोलाई उत्कृष्ट भएको प्रतिक्रिया दिएका छन् भने कसैले कमजोरी औल्याएका छन्। यस्तो प्रकारको शो नेपालमा भित्रिनु राम्रो कुरा भएको र यसले नयाँ प्रतिभाहरुलाई माथि ल्याउन सहयोग गर्ने प्रतिक्रिया केही दर्शकले दिएका छन्।

कतिपयले भने शोका निर्णायकहरुमाथि प्रश्न उठाइरहेका छन्। कमेडीको नाममा निर्णायकहरुलाई प्रतिस्प्रर्धीहरुले भद्दा मजाक बनाइरहेको भन्दै दर्शकहरु असन्तुष्ट पनि देखिएका छन्। कतिपयले भने शोको स्तरमा प्रश्न उठाएका छन्। शोको सेट राम्रो बनेको छ। तर, त्यसमा लाइटिङको प्रयोग राम्रोसँग र व्यवस्थित गर्न नसक्दा सेट कमजोर देखिएको प्रतिक्रिया पनि दर्शकले दिएका छन्।

पछिल्लो समयमा नेपाली टेलिभिजनमा रियालिटी शोको त बाढी नै आएको छ। तर, सबै रियालिटी शोले बजारमा दर्शक भने पाएका छैनन्। २ भागमै यो शोको मुल्यांकन गर्न संभव त छैन। तर, यसको टिमले शोको टीआरपी बढाउनका लागि र स्तरीय बिषय पस्कनका लागि धेरै नै मेहनेत गर्नुपर्ने देखिन्छ। जुन मेहनत यस शोेले गरिरहेकै छ।

यसै क्रममा कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को सुटिङमा पत्रकार ऋषि धमलाको दम्पती पुगेका छन् । श्रीमतीको साथमा कमेडी च्याम्पियनको सुटिङमा पुगेका ऋषि धमलामाथि व्यङ्ग्य गरिएको थियो ।

कार्यक्रमको सुटिङपछि मिडियासँगको अन्र्तक्रियामा धमलामाथि भएको व्यङ्ग्यप्रति उनकी श्रीमती एलिजाले असन्तुष्टि व्यक्त गरेकी छन् । उनले मिडियाकै सामू धमलालाई धेरै कुरा सहन सक्ने भएको बताइन् । साथै एलिजाले व्यङ्ग्यको नाममा हदभन्दा माथि गएको बताइन् ।

सुटिङपछिको अन्तर्वार्ताको क्रममा त्यहाँका एक प्रतिस्पर्धीले धमला र एलिजासमक्ष माफी मागेका थिए । तर धमलाले भने यस विषयलाई सामान्य लिएका छन् । उनले धेरै चर्चित व्यक्तिहरुको आलोचना हुने हो, त्यसैले आफ्नो पनि आलोचना भएको बताए ।

Related Articles

Back to top button
Close