News

यी हुन् बालिका ब’ला’त्कारको गलत रिपोर्ट दिने जनकपुर अञ्चल अस्पतालका डाक्टर ! दुवैलाई जे’ल स’जाय

जनकपुर अञ्चल अस्पतालका २ जना डाक्टरलाई विशेष अदालत काठमाडौंले ब’ला’त्कारको गलत प्रतिवेदन दिनेलाई दोषी ठहर गरेको छ । विशेष अदालतले मंगलबार डा. विजयकुमार सिंह र डा. रम्भा गोइतलाई दो’षी ठहर गरेको हो। विशेष अदालतका न्यायाधीशहरु कृष्ण गिरी, शान्तिसिंह थापा र चन्द्रबहादुर सारुको इजलासले उनीहरुलाई दोषी ठहर गरेको हो ।

विशेषले उनीहरुलाई जनही ६ महिना कैद र २५ हजार जरिवाना गर्ने फैसला गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी अस्पतालमा कार्यरत रहेका उनीहरुले अधिकारको दुरुपयोग गरी भ्र’ष्टाचार गरेको भन्दै मु’द्दा दायर गरेको थियो । ती डाक्टरले धनुषाकी १२ वर्षीया बालिका ब’ला’त्कृत नभएको गलत प्रतिवेदन दिएका थिए।

डा. सिंह र डा. रम्भा गोइतलाई न्यूनतम चिकित्सकीय आचरण तथा व्यवहार विपरीत मेडिकल रिपोर्ट दिएको ठहर गर्दै उनीहरुको व्यावसायिक प्रमाणपत्र निलम्बन गरिएको थियो । घ’टनाबारे अध्ययन गर्न नेपाल मेडिकल काउन्सिलले गठन गरेको छानबिन समितिले दुई डाक्टरलाई चिकित्सकीय अभ्यासबाट वञ्चित गराउने निर्णय समेत गरेको थियो । २०७५ भदौ ८ गते धनुषाको जनकनन्दिनी गाउँपालिका२ कि ब’ला’त्कृत बालिकाको नमुना परीक्षणपछि बलात्कार नभएको प्रतिवेदन उनीहरुले दिएका थिए। अपराधीलाई जोगाउन उनीहरुले यस्तो प्रतिवेदन दिएको अध्ययनमा पाइएको थियो ।

जनकपुर र सिरहामा बालिकाको नमुना परीक्षणको फरकफरक प्रतिवेदन आएपछि मेडिकल काउन्सिलले डा कालुसिंह खत्रीको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति बनाएको थियो । समितिले बयानका लागि बोलाउँदा अटेर गरी बसेको भन्दै जिल्ला अस्पताल सिरहाका चिकित्सक सिंहलाई सात दिनको म्याद दिई स्पष्टीकरण सोध्ने निर्णय पनि गरेको समितिका प्रवक्ता डा कृष्णप्रसाद अधिकारीले जानकारी दिए।

Related Articles

Back to top button
Close