News

मोदी सरकारको नियत थाहा भयो भन्दै दार्जिलिङमा वि’रोध प्र’दर्शन

काठमाडौं । भारतले हालै जारी गरेको नयाँ नागरिकता का’नुनको वि’रोध विश्वभर नै भइरहेको छ । भारतले जारी गरेको नयाँ का’नुनको वि’रोध नेपाल, भारत, पाकिस्तान, बेलायत लगायतका देशहरुमा भइरहेको छ । यो बीचमा दार्जिलिङमा पनि नागरिकता संशोधन ऐन (सीएए) र राष्ट्रिय नागरिक पञ्जी (एनआरसी) को वि’रोध सुरु भएको छ ।

गोर्खा जनमुक्ति मोर्चाको आह्वानमा दार्जिलिङ, कालेबुङ, खरसाङ र मिरिकमा बाक्लो संख्यामा मानिसहरू सडकमा आएका छन् । दार्जिलिङको सबैभन्दा ठूलो दल गोर्खा जनमुक्ति मोर्चा अहिले दुई भागमा बाँडिएको छ । विमल गुरुङ खेमाले सीएए र एनआरसीलाई समर्थन जनाएको छ भने विनय तामाङ खेमाले वि’रोध गर्दै आइरहेको छ ।

लोकसभा चुनावमा विमल खेमाले भारतीय जनता पार्टी र विनय खेमाले तृणमूल काङ्ग्रेसलाई समर्थन दिएको थियो । विनय खेमा चुनावमा हा’रेपछि विमल गुरुङले दार्जिलिङमा विनय तामाङको वर्चस्व समाप्त भइसकेको दा’बी गरेका थिए । तर सीएए र एनआरसीको विरोध गर्न विनय तामाङले आह्वान गर्नेबित्तिकै हजारौंको संख्यामा जनता सडकमा देखिएका छन् ।

भारतीय जनता पार्टीको नियत जनताले थाहा पाइसकेको भन्दै हजारौं जनता सडकमा आएको विनय तामाङले जानकारी दिए । उनले भने, ‘अहिले दलीय स्वार्थबाट माथि उठेर जाति र संविधानको हित सोच्नु अनिवार्य छ। जनता जाति र संविधानको हितको निम्ति सडक ओ’र्लिएका हुन्।’ विनय तामाङ देशमा एनआरसी र सीएए लागू गर्नअघि नै भारतीय गोर्खालाई संवैधानिक रूपले मूलनिवासीको दर्जा दिइनुपर्ने मागमा छन् ।

Related Articles

Back to top button
Close