Sport

सागमा नेपालविरुद्ध माल्दिभ्स १६ रनमै अलआउट

साग महिला क्रिकेटमा अहिले नेपाल माल्दिभ्ससँग प्रतिसपर्धा गरिरहेको छ । पोखरा रंगशालामा भइरहेको खेलमा माल्दिभ्सले नेपाललाई जितका लागि १७ रनको लक्ष्य दिएको छ।

पहिले टस जितेर ब्याटिङ रोजेको माल्दिभ्सको महिला टोली १०।१ ओभरमा १६ रन बनाउँदा अलआउट भयो। माल्दिभ्सका लागि ओपनर हम्जा नियाजले ९ रन र पाचौं नम्बरमा ब्याटिङमा आएकी हब्सा अब्दुल्लाले ४ रन जोड्दा ८ जना ब्याट्सम्यान शून्य रनमै आउट भए ।

नेपाली बलरले ३ अतिरिक्त रन दिए। नेपालका लागि अञ्जली चन्द एक्लैले ६ विकट लिइन् । करुणा भण्डारीले २ विकेट लिइन् । २.१ ओभर बलिङ गर्दा अञ्जलील कुनै रन दिइनन्।

Related Articles

Back to top button
Close