News

अब मलेसियामा कार्यरत नेपाली कामदारको न्युनतम तलब १२ सय रिङ्गिट

क्वालालम्पुर। मलेसिया सरकारले यहाँ काम गर्दै आईरहेका स्वदेशी तथा विदेशी श्रमिकहरूको पारिक्ष्रमिक (तलब) बढाउने भएको छ ।

आउदो अङ्ग्रेजी नयाँ बर्ष जनवरी १ तारिख देखि लागू हुने गरी श्रमिकहरुको तलब बढाउन लागिएको हो । मलेसियाको मानव संशाधन मन्त्रालयलले जनवरी १ तारिख देखि श्रमिकहरूले न्यूनतम मासिक तलब १२ सय मलेसियन रिङ्गेट पाउने बनाईएको हो।

वृद्धि भएको तलब मलेसियाको शहरी क्षेत्रका कामदारको हकमा मात्र लागू हुनेछ :

मलेसियाली सञ्चार माध्यम इन्टेलएसिया का अनुसार न्यूनतम तलब लागू हुने ५७ वटा शहरको नाम सार्वजनिक भएको छ ।
ती शहरहरुमा जोहोरबरु , इस्कन्डर, पुटेरी, अलोर सेटर, मेलाका बेर्सेजर्हा, पुलाउ पिनान्ङ, सेबेराङ पेराइ, इप्हो, शाह अलम, पेटालिङ जय, क्वाला तेरेन्गानु, कुचिङ उतरा, कुचिङ सेलेटन, मिरीकोटा किनाबालु, क्लालालम्पुर ,बाटु पहट छन् ।

त्यसैगरी अन्य शहरहरुमा क्लुआङ, कुलाई, मुअर, सेगामट, पसिर गुडाङ, कुलिम, सुंगाई पेटानी, लङकवाई, कुवाङ पासु, कोटा भारु, अलोर गजाह, जसीन, हाङ तुह जय, सेरेम्बन, निलाई, पोर्ट डिक्सन, जेम्पोल, कुआन्टन, तेमेरलोह, बेन्टोङ, मनजुङ, क्वाला कंग्सर, ताइपिङ रहेका छन् ।

मलेसियामा हाल कामदारको न्यूनतम तलब ११ सय रिङ्गेट रहेको छ , तर कतिपय कम्पनीले अझैपनि पुरानै न्युनतम तलब ९ सय,१ हजार सम्म दिईदै आईरहेको छ ।

वृद्धिसँगै मलेसियामा कार्यरत लाखौंलाख नेपाली कामदारले समेत यसको लाभ पाउनेछन् । मलेसियन सरकारले आगामी वर्ष नेपालबाट थप १ लाख ५० हजार नेपाली कामदार ल्याउने लक्ष्य राखेको छ।

हालको सत्तारुढ गठबन्धनले निर्वाचनका बेला मलेसियामा कार्यरत मजदुर (कामदार) हरूको न्यूनतम तलब १५ सय रिंगिट पुर्याउने प्रतिबद्धता जनाएको थियो ।

Related Articles

Back to top button
Close