News

प्रचण्ड पत्नी सीता दाहाल उपचारका लागि बाबा रामदेवको योगपीठमा

पूर्व प्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाल आयुर्वेदिक उपचारका लागि भारतका चर्चित योगगुरु बाबा रामदेवको पतंजलि योगपीठ हरिद्वार पुगेकी छन् । प्रचण्ड पुत्री गंगा दाहालले सामाजिक सञ्जाल फेसबूकमा तस्वीर राख्दै सीताको आयुर्वेदिक उपचार भइरहेको जानकारी दिएकी छन् ।

लामो समयदेखि बिरामी रहेकी सीता दाहालको उपचारका लागि अमेरिकादेखि सिंगापुर लगिएको थियो । सीतालाई सञ्चो नभएपछि आयुर्वेदिक उपचारका लागि हरिद्वार लगिएको छ । सीताले बाबा रामदेव र आचार्य बालकृष्णसँग भेट गरेका छन् । पूर्व मन्त्री मातृका यादव समेत सीतासँगै हरिद्वार पुगेका छन् ।

Related Articles

Back to top button
Close