News

भारतले खाता नखोल्दा, नेपालले जित्यो दक्षिण एसियाली खेलकुद (साग) मा ६ स्वर्ण

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा नेपालले कराँतेमा मण्डेकाजी श्रेष्ठले पहिलो स्वर्ण दिलाएसंगै नेपालले अहिले सम्म ६ स्वर्ण जितेको छ । हालसम्म कराँतेबाट ३ विधामा नेपालले स्वर्ण पदक हातपार्दा, तेक्वान्दोबाट दुई तथा ट्राइथ्लोनमा एक स्वर्ण जितेको छ।

कराँतेका मण्डेकाजी श्रेष्ठले पुरूष एकल कातामा स्वर्ण जितेर स्वर्णको खाता खोलेका हुन् । उनले पाकिस्तानी खेलाडी निएमातुलिएहलाई पराजित गरेका हुन् । मण्डेकाजीले २५.७२ अंक पाउादा पाकिस्तानी खेलाडी २४.९२ अंक पाएका थिए ।यसअघि कराँतेको व्यक्तिगत काता महिलातर्फ नेपालकी चञ्चला दनुवारले रजत पदक जितेकी थिइन् । योसँगै नेपालले एक स्वर्ण र १ रजत बनाएको छ ।

सिना मादेन लिम्बूले तेक्वान्दोतर्फ दोस्रो स्वर्ण जितेकी छिन् । यससँगै नेपालले सागमा ६ स्वर्ण पदक जितेको छ । हालसम्म कराँतेबाट ३ विधामा नेपालले स्वर्ण पदक हातपार्दा, तेक्वान्दोबाट दुई तथा ट्राइथ्लोनमा एक स्वर्ण जितेको छ।

नेपाललाई पहिलो स्वर्ण व्यक्तिगत कराँते काता विधाबाट मन्डेकाजी श्रेष्ठले दिलाएका थिए। यस्तै मन्डेकाजी श्रेष्ठकै टोलीले सिनियर पुरुष कराँते कातामा अर्को स्वर्ण हातपार्दा नेपाली महिला कराँते टोलीले पनि कातामै स्वर्ण जिते।

मन्डेकाजीले देशलाई दुई विधाबाट दोहोरो स्वर्ण दिलाएकोमा आफू निकै खुशी भएको नेपालबरसँग बताए। १२ औं सागमा कराँते खेल समावेश नहुँदा उनले उक्त खेलमा सहभागी हुने मौका पाएका थिएनन्। इखकै कारण आफूले स्वर्ण जित्ने लक्ष राखेकाले यो सम्भव भएको उनी बताउँछन्।

यसैगरी तेक्वान्दोमा व्यक्तिगत पुम्सेतर्फ कमल श्रेष्ठले स्वर्ण हात पार्दा सिना मादेन लिम्बुले तेक्वान्दो पुम्से विधामै अर्को स्वर्ण हात पारिन्। उनले १७ वर्षभन्दामाथि २३ वर्षभन्दा कम उमेर समूहमा यस उपलब्धि हात पारेकी हुन्।

यस्तै ट्राइथ्लनमा सोनिका गुरुङले स्वर्ण जितेकी थिइन्। सागका खेलहरु जारी छन्। खेल जनकपुर, पोखरा र काठमाडौंमा मंसिर २४ गतेसम्म चल्नेछ। नेपालले यसपटक ५० स्वर्ण जित्ने लक्ष्य बनाएको छ। १२ औं सागमा नेपालले मात्र ३ स्वर्ण जितेको थियो।

Related Articles

Back to top button
Close