News

यस्तो हालतमा कतार जान लागेका ९ जना नेपाली विमानस्थलबाटै प’क्राउ

काठमाडौं । दुबईको पर्यटक भिसा देखाएर नौ नेपाली गत सोमबार कुवेती विमान जजिरा एयरवेज चढेर काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्न आँटेका थिए । अध्यागमनको जाँच सकेर अगाडि बढेका उनीहरूलाई विमानस्थलको अन्तिम प्रतीक्षा कक्ष पुग्नुअघि प्रहरीले जाँच गरे । लगत्तै उनीहरू प’क्राउ परे ।

त्यसपछि पोल खुल्यो, पर्यटक भिसामा कुवेत हुँदै दुबई जान आँटेका भनिएका उनीहरूको गुप्त उद्देश्य कतार पुगेर काम गर्नु थियो । प्रहरीले उनीहरूको साथबाट कतारको भिसा र अन्य कागजातसमेत फेला पारेको छ । श्रमस्वीकृतिको सरकारी प्रक्रिया ‘छ’लेर उनीहरू कतारमा कामदारको हैसियतमा पुग्न खोजेका थिए । विमानस्थल प्रहरी स्रोतका अनुसार कुवेतबाट दुबई जाने भन्दै उनीहरूले देखाएको विमान टिकट न’क्कली थियो ।

पर्यटक भिसामा दुबई जाने भने पनि उनीहरू कुवेतबाट सोझै कतार उड्ने योजनामा थिए । प’क्राउ परेकाहरूलाई प्रहरीले वैदेशिक रोजगार विभागलाई बुझाइदिएको छ । वैदेशिक रोजगार विभागका महानिर्देशक भीष्मकुमार भुसालले श्रमस्वीकृति प्रक्रिया छल्नेमाथि अनुसन्धान चलिरहेको बताए । विभाग स्रोतका अनुसार कतार पुग्न हिँडेका सबैले व्यक्तिगत पहलमा कतारी एजेन्टबाट कतारमा काम खोजेका थिए ।

उनीहरूले कतारी कम्पनीबाट काम पक्का हुने कागजात पाइसकेका थिए । व्यक्तिगत पहलमा काम खोजेर विभागबाट श्रमस्वीकृति लिन सकिने का’नुनी व्यवस्था भए पनि उनीहरूले श्रमस्वीकृतिको प्रक्रिया किन छ’ल्न खोजे भन्नेबारे विभागले अनुसन्धान थालिसकेको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।

Related Articles

Back to top button
Close