Entertainment

होस्ट आदित्यको निम्तोमा ‘इन्डियन आइडल’मा पुगिन् निरुता

काठमाडौं, ३ पुस । नेपालकी चर्चित अभिनेत्री निरुता सिंह भारतीय गायन रियालिटी शो ‘इन्डियन आइडल’मा पुगेकी छिन् । शोका होस्ट आदित्य नारायण झाले निमन्त्रणा गरेपछि उनी ‘इन्डियन आइडल’ सम्म पुगेकी हुन् ।

आफु लामो समय देखि मुम्बई बस्दै आए पनि ‘इन्डियन आइडल’ रियालिटी शोमा आउने इच्छा थियो त्यो इच्छा पुरा भएको भन्दै निरुताले आदित्यलाई धन्यवाद दिएकी छिन् ।

नेपाली नायिकाको प्रतिनिधित्व गर्दै इन्डियन आइडलमा पुगेकी उनले इन्डियन आइडलको सेटको भिडियो तथा फोटो आफ्नो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममा पोस्ट गरेकी छिन् ।

Related Articles

Back to top button
Close