International

युएइका युवराजलाई यी सानी बालिकाले आफ्नो घरमा आउन बाध्य पारिन्, भिडियो निकै भाइरल भयो (भिडियो)

एजेन्सी । यूएइका युवराज तथा शासक शेख मोहमद बिन जियाद अल नह्यान र सानी बच्चीको एक भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भएको छ । युवराज शेख सार्वजनिक समारोहमा सहभागी हुँदा सानी बालिकाले भेट्न चाहन्थिन । अर्को लाइनमा बसेकी बालिका राजकुमार तर्फ गएर युवराजसंग हात मिलाउन खोज्दा युवराजले ध्यान दिएनन । बालिकालाई देख्दै नदेखी सरासर अघि बढे ।

साना बालबालिकाहरुसंग नै भेटघाट गर्न समारोहमा पुगेका युवराज ति बालिकाको नजिक आएपछि उनको ध्यान अन्तै मोडियो । दुई लाइनमा बालबालिका उभिएका थिए । एक तर्फको बालबालिकाको लाइनमा युएईका सुरक्षा प्रमुखले हात मिलाउँदै अघि बढेका थिए भने अर्को तर्फ युवराज हात मिलाउदै अघि बढेका थिए । ति बालिका अर्को लाइनबाट युवराज भएको तर्फ दौडेर आएकी थिइन् । जब अरु बालबालिकासंग हात मिलाउँदै ति बालिका भएसम्म युवराज आइपुगे बालिकाले हात अगाडी बढाइन् तर युवराजको ध्यान अर्कै तर्फ मोडियो उनी बालिकासंग हात नमिलाई अघि बढे ।

बालिका अइशा मोहम्मद मसित अल मजरुइले युवराजलाई भेट्न चाहन्थिन्। तर युवराजले ती बालिकालाई नदेखेका कारण बालिका निकै निराश भएकी थिइन् । जुन भिडियो क्लिप सामाजिक सञ्जालमा पोष्ट भएपछि निकै भाइरल समेत भयो । भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि युवराज शेख सम्म पुग्यो ।

भिडियो हेरेपछि युवराज बालिकाको घरमै पुगे । बालिकाको परिवार समेतलाइ भेटे। घरमै युवराज भेट्न आएपछि ति बालिका निकै खुशी भएका थिए । जुन भिडियो पनि भाइरल भएको थियो ।

Related Articles

Back to top button
Close