Video

ललितपुरमा वर्षौदेखि खेर जादै लाखौ सिलिन्डर ग्यास, जमिनबाट निस्केको ग्यासमा खाना पकाउनेको भिड- हेर्नुहोस भिडियो सहित

ललितपुरको लुबू क्षेत्रमा स्थानीयको खाना वर्षौ देखि खनिज ग्यासमा पाक्दै आएको छ। उक्त स्थान मा हाल चुलो नै बनाएर खनिज ग्यासको प्रयोग गरिँदै आएको छ।उपत्यकाको जमिनमुनि ग्यास भएको आधिकारिक प्रतिवेदन ३६ वर्षअघि आएपछि उपत्यकाबासीको ग्यास प्रयोग गर्ने चाहना निरन्तर छ।

उक्त ठाउमा बिगत ४४ बर्ष देखि ग्यास निस्केको स्थानीय बताउछन । उपत्यकामा लुबु मा मात्र होइन अन्य दुई दर्जन स्थानमा यसरी नै ग्यास निस्किएपछि प्रयोग हुँदै आएको छ। देशमा नाकाबन्दीपछि इन्धनको चरम संकटबीच प्रधानमन्त्री केपी शर्मा ओलीले पाइपबाट घरघरमा ग्यास पु¥याउने उद्घोष गरेका थिए।

त्यस्तै उद्योगमन्त्री सोमनाथ पाण्डेले ग्यासको भण्डार रहेको स्थानमा स्थलगत भ्रमण समेत गरेका थिए तर अहिले सम्म नि उक्त स्थानको ग्यास भने सधै खेर गएको स्थानीय हरु बताउछन् ।
भिडियो हेर्नुस्

Related Articles

Back to top button
Close