Video

पुष १० गते सुर्यग्रहण: ज्यातिषी दीपक सुवेदी भन्छन्, ‘यतिबेलाको ग्रहणको बढी असर’ (भिडियो हेर्नुस्)

काठमाडौं, ३ पुष । पुष १० गते सुर्यग्रहण लाग्ने भएको छ । आगामी बिहीवारका दिन खण्डग्रास सूर्य ग्रहण लाग्ने ज्योतिषीहरुले जनाएका छन् । दीपक सुवेदीका अनुसार नेपाली समय विहान ०८.४२ बजेदेखि ११.३१ बजेसम्म सुर्यग्रहण लाग्नेछ । जम्मा २ घण्टा ४९ मिनटको हुने सो ग्रहणको असरहरुको बारेमा पनि ज्योतिषीले बताएका छन् । एउटा युट्यव च्यानलमा दिएको अन्तरवार्ता अनुसार यतिबेलाको ग्रहणको बढी असर हुनसक्ने बताएका छन् । सो कुरा उनले फोरकास्ट टेलिभिजन युट्युब च्यालनलमा बताएका हुन् ।

यसै पनि ग्रहण संक्रमणकारक हुन्छ । यसै पनि सूर्य ग्रहणमा चन्द्रमा अस्त हुन्छ नै त्यसमाथि यतिबेला बुध, वृहस्पति र शनि पनि अस्त रहेको अवस्था छ । साथै सूर्य, चन्द्र, बुध, बृहस्पति, शनि र केतु धनु राशिमा एकसाथ रहने छन् । जसले गर्दा केही अप्रत्यासित घटनाक्रम बढाउनसक्ने, रोगको संक्रमण बढ्नसक्ने लगायतका विपरित फलको भय हुने ज्यो। सुवेदीको भनाई छ ।

ग्रहण लाग्दा के गर्न हुन्छ र के गर्न हुन्न भन्ने बारे समाजमा व्याप्त मान्यताको बारेमा पनि उनले वैज्ञानिक विश्लेषण गरेका छन् । भने ज्यो। सुवेदीले ग्रहण कसरी लाग्छ भन्ने विषयमा ज्योतिष विज्ञान र आधुनिक विज्ञान दुवै लजिकको तुलना गरेका छन् ।

शभर चिसो वृद्धि

पश्चिमी वायुको प्रभावले काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ । आज उपत्यकामा वर्षकै न्यून तापक्रम मापन गरिएको छ । बुधबार उपत्यकाको न्यूनतम तापक्रम ३ दशमलव ५ डिग्री सेल्सियस थियो । आज उपत्यकामा यो वर्षकै कम ३ दशमलव ३ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ ।

तापक्रम घटेसँगै उपत्यकामा बढी चिसो महसुस गरिएको छ । पश्चिमी वायुको प्रभावले देशभर तापक्रम घट्ने क्रम शुरु भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् गङ्गा नगरकोटीका अनुसार राति बदली भए दिउँसो तापक्रम बढ्ने र आकाश खुल्ला भए तापक्रम घट्ने हुन्छ । “चिसो अझै बढ्ने क्रममा छ”, मौसमविद् नगरकोटीले भन्नुभयो ।

पश्चिम तराईका जिल्लामा पनि चिसो ह्वात्तै बढेको छ । चिसो बढेसँगै कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपुरलगायतको जिल्लामा हुस्सु÷कुहिरोले जनजीवन प्रभावित भएको छ । चिसोबाट विषेशगरी वृद्धवृद्धा र बालबालिका बढी प्रभावित हुने गरेकाले चिकित्सकले विभिन्न सावधानी अपनाउन आग्रह गरेका छन् ।

त्यस्तै महाशाखाले बिहीबार आगामी २४ घण्टाको चेतावनी तथा परामर्श जारी गदैँ तराईका भू–भागमा हिजो भन्दा आज मौसममा क्रमिक सुधार हुदैँ गए तापनि दिउँसो राम्रोसँग घाम नलाग्ने भएकोले तापक्रममा गिरावट आइ चिसो नै रहने हुँदा त्यसबाट बच्न आग्रह गरेको छ । महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम १७ दशमलव ९ डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबै भन्दा कम जुम्लाको न्यूनता तापक्रम माइनस ४ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ । सबै भन्दा बढी नेपालगञ्जको न्यूनतम तापक्रम १० दशमलव शून्य डिग्री सेल्सियस रहेको छ ।

Related Articles

Back to top button
Close