News

विहीवार सूर्य ग्रहण लाग्ने, बढी असर हुनसक्ने

यही वि.सं. २०७६ पौष १० गते बिहीवारका दिन खण्डग्रास सूर्य ग्रहण लाग्ने भएको छ ।

नेपाली समय अनुसार विहान ०८ः४२ बजेदेखि ११ः३१ बजेसम्म जम्मा २ घण्टा ४९ मिनट सूर्य ग्रहरणको प्रभाव रहने ज्योतिषी दीपक सुवेदीले बताए । यतिबेलाको ग्रहणको बढी असर हुनसक्ने उनले बताए ।

यसै पनि ग्रहण संक्रमणकारक हुन्छ । यसै पनि सूर्य ग्रहणमा चन्द्रमा अस्त हुन्छ नै त्यसमाथि यतिबेला बुध, वृहस्पति र शनि पनि अस्त रहेको अवस्था छ ।

साथै सूर्य, चन्द्र, बुध, बृहस्पति, शनि र केतु धनु राशिमा एकसाथ रहने छन् । जसले गर्दा केही अप्रत्यासित घटनाक्रम बढाउनसक्ने, रोगको संक्रमण बढ्नसक्ने लगायतका विपरित फलको भय हुने ज्यो. सुवेदीको भनाइ छ ।

Related Articles

Back to top button
Close